कञ्चनपुर, १४ चैत । कञ्चनपुर महाकाली नगरपालिका-१ कञ्चभोजका ५० वर्षीय सुशील थापा बुधबार बसभित्रै मृत फेला परेका छन् ।

कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ख८८४९ नं को बसभित्र उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

Advertisement

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय  निकुञ्जकोे अर्जुनी चेकपोष्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रममा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । थापा कास्कीको पोखरास्थित विद्युत् गृहमा मजदुरका रुपमा काम गरी घर फर्कंदै थिए ।

मृतक थापासँगै उनका दुईजना आफन्तसमेत रहे पनि मृत्यु भएको उनीहरुले समेत थाहा पाएका थिएनन् । थापा लामो समयदेखि क्षयरोगलेग्रस्त रहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!