बाजुरा, १४ चैत ।  बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा नवजात शिशुको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा बेवारिसे अवस्थामा उक्त शिशुको शव फेला परेको हो।

शव भेटिएको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। उनका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ।

नवजात शिशु बेवारिसे अवस्थामा किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीको भनाइ छ। शिशु फाल्ने महिलालाई थप अनुसन्धानका लागि जिल्ला अदालत बाजुराबाट म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!