खोटाङमा तीन हजार नागरिकको स्वास्थ्य बीमा

खोटाङमा तीन हजार नागरिकको स्वास्थ्य बीमा

खोटाङ, १५ चैत । सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि उनीहरुले बीमा गरेका हुन् । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले जिल्ला जनस्वास्थ्य कार्यालयमार्...
हेटौंडाबाट राजधानी नसार्न चेतावनी दिदै प्रदर्शन

हेटौंडाबाट राजधानी नसार्न चेतावनी दिदै प्रदर्शन

हेटौंडा, १५ चैत ।  प्रदेश ३ को राजधानी हेटौंडाबाट सार्ने प्रस्तावको बिरुद्ध हेटौंडाडामा बिहीबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको अगुवाइमा विद्यार्थीले हेटौडालाई नै स्थायी राजधानी बनाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।   बुधवार प्रदेशसभा सचिवालयमा काभ्रेलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता भएपछि हेटौंडामा आन्दोलन शुरु भए...
नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

नेपाल र जापानको सम्बन्ध ऐतिहासिक

काठमाडौँ, १५ चैत । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र जापानको कला र संस्कृतिको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । नेपाल कल्चर एक्सचेन्ज एशोसिएसनद्वारा आज आयोजित नेपाली तथा जापानीज कलाकारको सांस्कृतिक प्रस्तुति आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई देशबीचको धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक संस्कार मिल्दोजुल्दो भएको चर्चा गर्नुभयो । संस्कृतिविद् जोशीले...
अवैध सम्बन्ध राखेको भन्दै यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

अवैध सम्बन्ध राखेको भन्दै यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

गौशाला, १५ चैत्र । गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन् । सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ बुहारी ३५ बर्षीया सैरुल ...
पञ्चायतका नाममा वडा कार्यालयमै हिंसा, थप यातनाको डरले पीडित फरार

पञ्चायतका नाममा वडा कार्यालयमै हिंसा, थप यातनाको डरले पीडित फरार

महोत्तरी,१५ चैत । कैलालीकी राधा चौधरीमाथि निर्मम कुटपिट भएको घटना सेलाउन नपाउँदै महोत्तरीमा एक महिलामाथि कुटपिट र दुर्व्यवहार भएको छ । महोत्तरीको सुन्दरपुरमा रहेको सोन्मा गाउँपालिका (७ को वडा कार्यालयमै महिलामाथि कुटपिट र दुर्व्यवहार भएको हो । घटनामा वडाअध्यक्ष महेश (महेशी) यादवलेको प्रत्यक्ष संलग्नता पाइएको छ । सोही ठाउँका जेठाजु र बुहारीबीच नाजायज सम्बन्ध रहेको भन्दै फैसला गर्न वडा कार्यालयमा ब...
एक लाख रोजगारीका लागि दुई करोडको आवेदन

एक लाख रोजगारीका लागि दुई करोडको आवेदन

नयाँ दिल्ली, १५ चैत । विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देशमा दोस्रो नम्बरमा पर्ने दक्षिण एसियाली देश भारतमा बेरोजगारीको अवस्था कति दयनीय छ भनेर एउटा विज्ञापनमा परेको आवेदनले देखाएको छ। प्रसंग हो, भारतको राज्य सञ्चालित रेलसेवामा गरिएको एक लाख रोजगारीको मागमा परेको झण्डै दुई सय गुणा आवेदन, अर्थात् दुई करोड आवेदन ।भारत सरकारले सञ्चालन गर्ने रेलसेवामा सरकारले आउँदो शनिबारसम्मको समयसीमा दिएर एक लाख...
मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए

मदिरा पिएर लठ्ठ वडाध्यक्ष कार्यालयबाटै समातिए

झापा, १५ चैत । मदिरा सेवन गरेर कार्यालयमा जाने गरेका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष तिलक न्यौपाने पक्राउ परेका छन् । पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि उनलाई बुधबार दिउँसो स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । स्थानीयको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो । र, उनल...
पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

पुस्तक अभाव भए मन्त्रीले कारबाही गर्ने

पथरी, मोरङ, १५ चैत । पुस्तकको अभाव हुन नदिनका लागि १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्थाको बारेमा जानकारी लिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले हरेक वर्ष जस्तो पुस्तक अभावको समस्या आउन नदिन मन्त्रालयस्तरबाट पहल शुरु भएको जानकारी दिनुभयो । “गत वर्षको जस्तो समस्या आउने अवस्था छैन, उहाँले भन्नुभयो, यदी निजी क्षेत्रका मुद्रण व्यवसायीले...
केकी को ‘कोहलपुर एक्सप्रेस’ मा प्रियंका गर्भवती (भिडियोसहित)

केकी को ‘कोहलपुर एक्सप्रेस’ मा प्रियंका गर्भवती (भिडियोसहित)

काठमाडौँ,१५ चैत । चर्चित नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा नायिका प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामांग, रविन्द्र झा, बिनोद न्यौपाने र बाल कलाकार कुशाग्र भट्टराई र केकी अधिकारी लगायतको अभिनय रहेको छ । केकी अधिकारीको होम प्रोडक्शन जुनकिरी आर्टसबाट निर्माण गरिएको चलचित्रमा अर्जुन पोखरेल, राजन राज सिवाकोटी र कालीप्रसाद बास्कोटाक...
काठमाडौंको फर्पिङमा बस दुर्घटना, २ को मृत्यु, २२ घाइते

काठमाडौंको फर्पिङमा बस दुर्घटना, २ को मृत्यु, २२ घाइते

काठमाडौं, १५ चैत । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान  दुर्घटनामा परेकाे छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्जायङमा दुर्घटना भएकाे हाे । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ । प्रहरीका अनुसार, घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजान...
भोजपुर साक्षर जिल्ला घोषणा हुने

भोजपुर साक्षर जिल्ला घोषणा हुने

भोजपुर, १५ चैत । भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिनेभएको छ । अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसँगै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिनुभयो । हाल जिल्लाका ११० स्थानमा साक्षरता कक्षा सञ्चालन भइरह...
बलात्कार आरोपमा १० वर्षभन्दा कम उमेरका दुई बालक गिरफ्तार

बलात्कार आरोपमा १० वर्षभन्दा कम उमेरका दुई बालक गिरफ्तार

चितवन, १५ चैत । चितवन खैरहनी नगरपालिका घर भएकी १० वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेपछि दुई बालकलाई प्रहरीले गिरफ्तार गरेको हो । पीडितका बुबाले बुधबार जाहेरी दिएका हुन् । प्रहरीका अनुसार आरोप लागेका दुई बालक १० वर्षभन्दा कम उमेरका रहेका छन् । घरमा एक्लै सुतेको अवस्थामा दुई छात्र साथी आई एकले घाँटी समाएको र ...
अनुपाको शरीरमा भएको गोली बी एण्ड सी अस्पतालले निःशुल्क निकाली दिने

अनुपाको शरीरमा भएको गोली बी एण्ड सी अस्पतालले निःशुल्क निकाली दिने

पाँचथर, १५ चैत । सशस्त्र युद्धका क्रममा शरीरमा लागेको गोली अहिलेसम्म बोकेर हिँडेकी पूर्व छापामारले उपचारका लागि सहयोगको माग गरेको समाचार राससबाट प्रकाशन भएपछि उहाँको निःशुल्क उपचार हुने भएको छ । झापाको विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालले ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईको शरीरमा १५ वर्ष अघि लागेको गोलीको निःशुल्क उपचार हुने भएको हो । उहाँको शरीरमा लागेको गोली नि...
धनकुटामा तराईदेखि हिमालसम्मको मौलिक लोक नृत्य प्रस्तुति (फोटो फिचरसहित)

धनकुटामा तराईदेखि हिमालसम्मको मौलिक लोक नृत्य प्रस्तुति (फोटो फिचरसहित)

धनकुटा, १५ चैत । धनकुटामा तराई, मधेश, पहाड र हिमाली भेगका मौलिक लोक नृत्यहरुको प्रस्तुति गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नृत्य विभागको आयोजना तथा हाम्रो बहुमुखी पाठशाला धनकुटाको स्थानीय व्यवस्थापनमा तराईदेखि हिमालसम्मको लोक नृत्य प्रस्तुत गरिएको हो । नेपालका विभिन्न क्षेत्रमा बसोवास गर्ने आठ भन्दा बढि जातजातिका मौलिक लोक नृत्य प्रस्तुत गरिएको थियो । धनकुटाका विभिन्न न...
कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

राजविराज, १५ चैत्र । जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् । जिल्ला कृषि विकास कार्यालय, सप्तरीमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ६३ कृषक समूहलाई कृषि प्रयोजनका लागि स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मोमिटर प्रदान गर...
मोटर बिगारेको भन्दै ६ बर्षकी बालिकालाई गोबर खुवाइयो

मोटर बिगारेको भन्दै ६ बर्षकी बालिकालाई गोबर खुवाइयो

नेपालगन्ज, १५ चैत। कोहलपुर क्षेत्रमा बालिका दुर्व्यवहारका घटना बढेका छन् । गत शनिबार एक १० बर्षीया बालिका बलात्कृत भइन् । प्रहरीले बलात्कार आरोपमा स्थानीय ३० बर्षीय थमबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ । कोहलपुरस्थित दुर्गा खाजा घरनजिकै खेलिरहेकी बालिकालाई प्रलोभनमा पारेर उनले स्कुटरमा राखी गनापुरस्थित खेतमा पुर्याएर करणी गरेको प्रहरीले जनाएको छ । अर्की ६ बर्षीया बालिकालाई पानी तान्ने मोटर बिगारे...
संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

संघीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक आज सम्बोधन गर्दै छिन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । २९ फागुनमा भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर...
केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

सुर्खेत, १४ चैत्र ।  कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन् । केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरु हैरान भएका हुन् । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ । उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ । ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा स...
चितुवाको छालासहित एक पक्राउ

चितुवाको छालासहित एक पक्राउ

दाङ, १५ चैत । दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनिल सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले...
क्रूर आमा जसले ६ बर्षका छोरालाई आइरनले डामिन्

क्रूर आमा जसले ६ बर्षका छोरालाई आइरनले डामिन्

मोरङ, १५ चैत।  छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ । उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए । सरलाको ७ बर्षअघि विराटनगर ३ का विक्रम काफ्लेसँग विवाह भएपछि छोराको जन्म भएको रहेछ । उनले भने, उनीहरुबीच सम्बन्ध विच्छेद भई छोरा आमासँगै बस्दै आएका हुन् । स्थानीय अन्नपूर...
शिक्षकले विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि…

शिक्षकले विद्यार्थीलाई गाँजा र भाङ खुवाएपछि…

कलिला बालबालिका पढ्ने स्कुल, जहाँबाट शिक्षा आर्ज गर्ने मात्रै नभई सम्पूर्ण सुरक्षाको अपेक्षासहित अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाएका हुन्छन् । गुणस्तरीय शिक्षाको मोहमा महँगो शुल्क तिरेर जलवीरेवासीले पनि बालबालिकालाई बोर्डिङ स्कुलमा भर्ना गरे । तर शिक्षकले खुवाएको गाँजा र भाङ लागेर तीन विद्यार्थी २४ घन्टा बेहोस भएपछि अभिभावक छाँगाबाट खसेझैं भएका छन् । शिक्षकले जानीजानी दिएको गाँजाले कक्षा पाँच...
नेपालीले भत्काइदिए भारतले महाकालीमा बनाएको काठेपुल पुल

नेपालीले भत्काइदिए भारतले महाकालीमा बनाएको काठेपुल पुल

दार्चुला, १५ चैत । भारतले सीमा नदी महाकालीमा एकतर्फी रुपमा निर्माण गरेका ३ वटा काठेपुल स्थानीय बासिन्दाले भत्काइदिएका छन् । गत फागुनमा भारतले नेपालको अनुमतिविना व्यास गाउँपालिका २ दुम्लिङस्थित महाकालीमा अस्थायी प्रकृतिका काठे पुल निर्माण गरेको थियो । प्रहरीका अनुसार मंगलबार दुम्लिङका स्थानीयले पुल भत्काएर महाकालीमा फालेका हुन् । भारतले सडक निर्माण समाग्री ढुवानी गर्न घाटीबगडदेखि दोपख्यासम्म ४ व...
एउटै कक्षामा पढ्ने साथीबाट १० बर्षीया बालिका बलात्कृत

एउटै कक्षामा पढ्ने साथीबाट १० बर्षीया बालिका बलात्कृत

चितवन, १५ चैत । एउटै कक्षामा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् । चैत ११ गते दिउँसो घरमा एक्ले सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् । छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो । अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, ...
एकीकृत पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

एकीकृत पार्टीमा दुई अध्यक्ष, २९९ केन्द्रीय सदस्य

काठमाडौं, १५ चैत। एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । १६ अध्याय र ७८ धारा रहेको विधान मस्यौदालाई तीन विषयबाहेक संगठन तथा विधान मस्यौदासम्बन्धी कार्यदलले बुधबार टुंगो लगाएको हो । गृह मन्त्रालयमा बसेको कार्यदलक...
२०७४ चैत १५ गते बिहीबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ चैत १५ गते बिहीबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल चैत १५ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च २९ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– त्रयोदशी, २०:३३ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। व्याहारमा अलमलिनुपरे पनि लगनशीलताले सफलता द...
बिहे पछि किन बढ्छ महिलाको हिपको आकार ? यस्ताे अचम्मको छ कारण !

बिहे पछि किन बढ्छ महिलाको हिपको आकार ? यस्ताे अचम्मको छ कारण !

बिहे पछि एउटा नयाँ जिन्दगी सुरु हुन्छ । विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ । साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्छ ? केटाहरुलाइ जान्ने जिज्ञासा नै यहि हो, हेर्नुस यस्तो छ कारण धेरै केटाहरूलाई यो कुरा...
धरानमा जन्मियो अनौठो वाच्छि : दुइवटा मुख र ३ वटा आखा

धरानमा जन्मियो अनौठो वाच्छि : दुइवटा मुख र ३ वटा आखा

धरान, चैत १४ । धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले अनौठो बाछी जन्माए पछि हेर्नेको घुईचो लागेको छ । शरिर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो प्रकारको वाच्छि जन्मिएको हो । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छो को जन्मदिए पछि इन्द्र कटुवाल आफै आश्चर्यममा परेका छन् । टाउको र शरिर एउटै भए पनि दुइटवा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै ...
सार्वजनिक विदा घट्यो, ०७५ सालमा कति दिन हुन्छ विदा ?

सार्वजनिक विदा घट्यो, ०७५ सालमा कति दिन हुन्छ विदा ?

काठमाडौँ, १४ चैत । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सब...
स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत

स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दी स्वीकृत

काठमाडौँ, १४ चैत । सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह(७५३ र जिसस ७७)मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले संघमा रहने २१ मन्त्रालयको पनि सांगठनिक संरचना र दरबन्दीसम्बन्धी...
भारतीय पक्षले महाकालीमा एकपक्षीय पुल लगायो

भारतीय पक्षले महाकालीमा एकपक्षीय पुल लगायो

दार्चुला, १४ चैत ।  भारतीय पक्षले व्यास गाउँपालिकाको वडा नम्बर २ मा पर्ने अन्तराष्ट्रिय सीमानदी महाकालीमा फेरी अस्थायी काठे पुल लगाएको छ । व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ्गका बासिन्दाले भारतीय पक्षले लगाएका पुल धमाधम भत्काए पछि फेरी पुल लगाएर नेपाली भुमि मिच्न खोजेको छ । व्यासका २ दुम्लिङ्गका बासिन्दाले राप्लाको तल्लो दुम्लिङ्गस्थित महाकाली नदीमा आफूहरुलाई भारतीय पक्षले अस्थायी पुल राख्न अव...
कूटनीतिज्ञसँग भेटका लागि परराष्ट्रसँग स्वीकृत लिन मन्त्रालयको निर्देशन

कूटनीतिज्ञसँग भेटका लागि परराष्ट्रसँग स्वीकृत लिन मन्त्रालयको निर्देशन

काठमाडौँ, १४ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनितिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ । मन्त्रालयको आज बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेश नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी पदाधिकारीसँग भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको मन्त...
error: Content is protected !!