गुल्मी, १४ चैत। गुल्मी–गुल्मीबाट एउटा दर्दानक घटना बाहिर आएको छ । आफ्नै सहोदर दाईले बहिनीलाई बलात्कार गरेको आरोपसहितको घटना सतहमा आएको छ ।  बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत भएको भन्दै एक किशोरीले मुद्धा दायर गरेकी छन् ।

घटना चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको हो ।  गुल्मीकै धुर्कोट गाउँपालिका–५ स्थित घरमै बसेकी १६ बर्षीय बहिनीमाथि अत्याचार भएको बताइएको छ । दाजुको उमेर २८ बर्ष छ ।

Advertisement

बहिनीको गोपनियताका कारण हामीले उनको नाम यहाँ राखेका छैनौँ ।  पीडितले चैत्र १२ गते अगाडि पनि गलत मनसाय राख्ने गरेको बताएकी छिन् । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

जै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए । रातोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय पुग्दा पीडित किशोरी कारुणीक अवस्थामा थिईन ।

तम्घासको एक वोर्डिङ्गको कक्षा ९ मा पढ्ने उनी केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् । किशोरीले पीडा सुनाइन्, ‘कल्पना भन्दा वाहिरको कुरा गर्यो मेरो माईलो दाजुले ।’

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए । उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो  यस्तो लज्जित घटना पहिलो भएको बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!