अनलाइनखबर

काठमाडाैं, १४ चैत । नेपालका लागि जापानी राजदूत ओगावा मासासिले काठमाडौंको फोहोर व्यवस्थापन तथा तराईं, मधेसको चुरे संरक्षणमा चासो देखाएका छन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग बुधबार भेट गरी राजदूत ओगावा मासासिले वातावरण संरक्षणमा चासो देखाएका हुन् ।

Advertisement

राजदूत मासासिले मन्त्री बस्नेतलाई जापान सरकारका तर्फबाट कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै वन तथा वातावरण संरक्षणका क्षेत्रमा थप सहकार्य गर्न जापान तयार रहेको बताएका थिए ।

चुरे संरक्षण र तराई मधेसमा वर्षा याममा हेरक वर्ष आउने बाढी/पहिरोका कारण हुने गरेको धनजनको क्षति रोक्ने कार्यमा जापान सरकार सहयोगका लागि तयार रहेको राजदूत मासासिले बताए ।

यस्तै काठमाडौं उपत्यकामा दैनिक रुपमा उत्पादन हुने फोहोर मैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको चर्चा गर्दै उनले हाल जापानमा प्रयोग भइरहेको फोहोर जलाउने प्रविधि नेपालमा ल्याउन सुझाव दिएका थिए ।

जापानमा हाल प्रयोगमा रहेको उक्त प्रविधिमार्फत फोहोर जलाउँदा वातावरण प्रदूषणसमेत नहुने र उर्जा शक्तिसमेत उत्पादन हुने उनले बताए ।

भेटका क्रममा मन्त्री बस्नेतले युवाहरुको सक्रिय सहभागितामा वन/वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने र वनलाई उद्यमशीलतासँग जोड्ने र राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने नीतिका साथ अघि बढ्ने बताएका थिए ।

साथै जापान सरकारको सहयोगको प्रशंसा गर्दै मन्त्री बस्नेतले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!