काठमाडौंँ, १४ चैत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ ।

Advertisement

सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ठूलोको सवाल होइन, जति ठूलो वा जति सानो संख्या भए पनि प्रतिपक्ष नै हो, प्रतिपक्षलाई बेवास्ता गरेर चल्यो भने भविष्यमा सत्ता पक्ष प्रतिपक्षमा जानु पर्नेहुन्छ, यो कुरालाई सत्ता पक्षले बुझेको हुनुपर्दछ ।’’

राष्ट्रियसभाले हरेक कुरामा प्रतिनिधिसभालाई पर्खेर बस्ने भन्ने होइन भन्दै उहाँले समान हैसियत भएकाले राम्रो नतिजाका लागि प्रतिस्पर्धा गरेर काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाले मतदाताप्रति उत्तरदायी बन्न स्थानीय तह र प्रदेशसभाका समस्यालाई प्रखररुपमा उठाउने बताउँदै अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय तहले कानून नपाएर काम गर्न नपाएको अवस्थालाई दृष्टिगत गरी प्राथमिकीकरण गरेर कानून निर्माण गरिने छ भन्नुभयो ।

उहाँले भन्नुभयो–‘‘जनप्रतिनिधिका आवाज जनताले थाहा पाउने ढंगबाट राष्ट्रियसभाका गतिविधिसम्बन्धी समाचार सम्प्रेषण होस् । राष्ट्रियसभालाई सञ्चारमैत्री बनाउन हरप्रयास हुनेछ । जनतालाई सुसूचित गर्ने विषयमा ध्यान दिइने छ ।’’

राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिनुअघि नै आफूले नेकपा ९एमाले०का साधारण सदस्य समेतबाटै राजीनामा दिएको कुरासमेत उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!