काठमाडौं, १४ चैत । पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासीले अमेरिकामा अपमान खेप्नु परेको छ ।

अमेरिकाको एयरपोर्टमा रुटिन सुरक्षा जाँच हुँदै उनले सामान्य नागरिक सरह अगाडि बढ्नु परेको छ । अब्बासीको ब्याग र कोट सेक्युरिटी चेक गरेको देखिएको  पाकिस्तानी संचारमाध्यमहरुले बताएका छन् ।

Advertisement

उनी गत हप्ता आफ्नी बिरामी बहिनी भेट्न अमेरिका पुगेका थिए ।  बहिनी भेट्ने बहानामा पुगेका अब्बासीले अमेरिकी उपराष्ट्रपति माइक पेंससंग भेट गरेका थिए ।

कुटनीतिक पासपोर्ट भएको २२ करोड जनताको प्रधानमन्त्रीले निजी भ्रमणमा हुँदैमा सुरक्षा चेकिङमा परेर अपमान सहनु राम्रो नभएको पाकिस्तानीहरुले बताएका छन् ।
ट्रम्प प्रशासनले पाकिस्तानीमाथि भिसामा कडाइ गर्नुका साथै रक्षा मद्धत कार्यक्रम रोकेर पाकिस्तानलाई झड्का दिइसकेको छ ।

अमेरिकाले पछिल्लो पटक पाकिस्तानका ७ कम्पनीलाई परमाणु ब्यापार मामलामा प्रतिवन्धित गरेको थियो ।

भिडियो हेर्नुहोस् …

https://youtu.be/v5ltRVPCaFI

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!