धनकुटाको महालक्ष्मीमा प्रहरीले फाड्यो गाँजा
धनकुटा, २९ जेठ । धनकुटाको महालक्ष्मी नगरपालिकामा प्रहरीले गाँजा फडानी गरेको छ । महालक्ष्मी–७ अर्खौलेका कमला बुढाथोकी, रामचन्द्र पौडेल, धनबहादुर श्रेष्ठ र हिरा पराजुलीको बारीमा रहेको गाँजा फडानी गरिएको प्रहरीले जनाएको छ ।
गाँजा फडानीका लागि जीतपुर प्रहरी चौकीबाट टोली गएको थियो ।
करिब एक हजार गाँजाका बोट फडानी गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ...



























