काठमाडौँ, २६ जेठ। वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ ।

Advertisement

उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । अस्पतालबाट जारी गरिने आधिकारिक जानकारीबाहेकका भ्रामक सूचनामाथि विश्वास नगर्न सबैमा आग्रह गरिएको छ । अस्पताल तथा देवकोटा परिवारले प्रा डा देवकोटाको स्वास्थ्यावस्थाका बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!