काठमाडौं,२७ जेठ । प्रतिनिधिसभा नियमावली पारित भएर पहिलो बैठक बस्न नभ्याउँदै संसद् सचिवालयले नियमावलीको नियम उल्लंघन गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्नुभन्दा एक दिनअघि नै सांसदलाई कार्यसूची दिनेगरी बहुमतले पारित गरेको नियमावली पहिलो बैठकमै उल्लंघन भएको हो ।

Advertisement

शुक्रबार पारित भएको नियमावलीको नियम १२ मा दैनिक कार्यसूचीको विषय समेटिएको छ । नियम १२ को उपनियम १ मा सभामुखको निर्देशनअनुसार महासचिव वा उनको अनुपस्थितिमा सचिवले बैठकको कार्यसूची तयार गर्नुपर्ने उल्लेख छ ।

यस्तो कार्यसूची बैठक बस्नु एक दिनअघि नै सांसदहरु र संसदीय दलका कार्यालयहरुका उपलब्ध गराउनुपर्ने नियमावलीमा उल्लेख छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!