रोजगार सेवा केन्द्र स्थापनाको तयारी

रोजगार सेवा केन्द्र स्थापनाको तयारी

बेझाड, २७ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरीब युवालाई रोजगारभत्ता दिन सरकारले प्रक्रिया अघि बढाएको बताउनुभएको छ । पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले मुलुकका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र सरकारले स्थापना गर्न लागेको बताउनुभयो । मन्त्री विष्टले आगामी असारभित्रमा ज्येष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता बढाउन...
विवेकशील साझा पार्टी फुट्यो

विवेकशील साझा पार्टी फुट्यो

काठमाडौं,  २७ पुस । रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वको विवेकशील साझा पार्टी फुटेको छ। नयाँ पार्टीको नेतृत्व उज्जल थापाले गरेका छन् । पछिल्लो समय विवादमा रहेको सो पार्टीका संयोजक समेत रहेका थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए। शुक्रबार पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको विवेकशील नेपाल...
अदुवाकोे आकर्षक मूल्य पाउँदा किसान दङ्ग

अदुवाकोे आकर्षक मूल्य पाउँदा किसान दङ्ग

डोटी, २७  पुस । अदुवाको आकर्षक बजारमूल्य पाउँदा किसान यो वर्ष खुशी भएका छन् । गत वर्ष मूल्य झर्दा अदुवा सुकाएर बेच्न बाध्य भएका किसानले राहत महसुस गरेका छन् । सुदूरपश्चिमको कैलाली र डोटीको चुरे क्षेत्र अदुवा खेतीका लागि उर्वर क्षेत्र हो । बडीकेदार गाउँपालिकाका किसान खडक मौनीले राम्रो मूल्य पाएकाले अदुवा बिक्री गरी सकिएको बताउनुभयो । “गत वर्ष अदुवाबाट जम्मा १५ हजार जति मात्र कमाइ भयो”, मौनीले भ...
एकसय ४५ जना  चिनीया बच्चालाई म्याद गुज्रेको पोलियो खोप

एकसय ४५ जना चिनीया बच्चालाई म्याद गुज्रेको पोलियो खोप

साङघाइ, २७ पुस । चीनको पूर्वी क्षेत्रमा कम्तीमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको पत्ता लागेको छ । चीन सरकारले आधारभूत स्वास्थ्य सेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपनि नयाँ तथ्य बाहिर आएको छ । जियाङ्सु काउन्टी सरकारका अनुसार, यसै साता उक्त घटना सार्वजनिक भएलगत्तै जियाङ्सु प्रान्तका तीनजना स्वास्थ्य अधिकारीहरुलाई पदबाट हटाइएको छ । एक जना अभिभावकले यसै साताको...
माघे सङ्क्रान्तिका लागि सुदूरपश्चिम प्रदेशमा बिदा

माघे सङ्क्रान्तिका लागि सुदूरपश्चिम प्रदेशमा बिदा

डोटी, २७ पुस । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते पूरै प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले ...
सम्झौता अवधि सकिँदा बनेन पुल

सम्झौता अवधि सकिँदा बनेन पुल

काठमाडौँ, २७ पुस । आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण हुने भनिएको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बागमती पुलको सम्झौता अवधि सकिँदा समेत काम सकिएको छैन । यी दुई पुलमध्ये वागमति पुलको सम्झौता अवधि गत भदौमा र धाबीखोला पुलको निर्माण अवधि गतवर्ष पुसमा सकिएको हो । तर दुबै पुलको काम नसकिएको मात्रै होइन, बाँकी कामले पनि अझै गति लिन सकेको छैन । डिजाइनमा लामो समय लाग्नु र खानेपानी, बिजु...
कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

कृषि विकास बैंकले २१ प्रतिशत लाभांश दिने

काठमाडौँ, २७ पुस । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने न...
पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार कायम राख्ने चुनौती

पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार कायम राख्ने चुनौती

काठमाडौँ, २७ पुस । पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ । पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटकपटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको भूमिका र व्यवसायिकतामाथि पनि विभिन्न निकायबाट प्रश्न उठाइँदै आएको छ । भण्डार क्षमता विस्तारक...
सनराइज बैंकको छ प्रादेशिक कार्यालय

सनराइज बैंकको छ प्रादेशिक कार्यालय

काठमाडौँ, २७ पुस । सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका छ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको जनाएको छ । प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहे...
विराटनगरमा मोबाइलको ब्याट्री विष्फोट हुँदा एकजनाको मृत्‍यु

विराटनगरमा मोबाइलको ब्याट्री विष्फोट हुँदा एकजनाको मृत्‍यु

विराटनगर, २७ पुस ।  विराटनगरमा मोबाइलको ब्याट्री विष्फोट हुँदा एकजनाको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा सुवास मण्डलका छोरा सात वर्षीय अमित मण्डल रहेका छन् । आगो ताप्ने क्रममा बेवारिसे अवस्थामा रहेको मोबाईलको ब्याट्री पड्केको हो । घटनामा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका कुमारी घाइते भएकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उपचार गर्न नसकेर किरा परेका बिरामीलाई नोबेलमा निःशुल्क उपचार, डिगबहादुरको पहलमा शर्माको साथ (भिडियोसहित)

उपचार गर्न नसकेर किरा परेका बिरामीलाई नोबेलमा निःशुल्क उपचार, डिगबहादुरको पहलमा शर्माको साथ (भिडियोसहित)

बिराटनगर, २७ पुस । उपचार गर्ने पैसा नभएर चार बर्षदेखि घरमै किरा परेर बसेका मोरङको मिक्लाजुङका बलबहादुर राईलाई अब उपचार पाएर निको हुन्छु भन्ने आश मरिसकेको थियो । उपचार गर्न नसकेपछि जीवन मरणको संघारमा तड्पिरहेका राईलाई निःशुल्क उपचार गराउँन लैजान्छौ भन्दै कांग्रेस नेता डिगबहादुर लिम्बु एम्वुलेन्स लिएर घरमै पुग्दा उनी अचम्ममा परे । नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति लिम्बु र नोबेल शिक्षण अस्पताल...
तेह्रथुमका दुग्धउत्पादक किसानलाई समस्यै समस्या

तेह्रथुमका दुग्धउत्पादक किसानलाई समस्यै समस्या

तेह्रथुम, २७ पुस ।  तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेका घमण्ड भट्टराईले तीन वटा गाई पाल्नुभएको छ । उहाँ दैनिक १८ लिटर दूध बेच्नुहुन्छ । रातदिन गाईको स्याहारसुसारमा श्रीमान् श्रीमती दुबै खटिनु हुन्छ ।दूध बेचेर मात्रै भट्टराई दम्पतीलाई मासिक २४ हजार रुपैयाँ आम्दानी हुन्छ । दूध बेचेर आउने यो रकमले उहाँको परिवार त चलेको छ तर, बचत गरेर अन्य खर्च धान्न भने पुगेको छैन । उहाँलाई गोठभरि एक दर्जन गा...
झापामा प्लाष्टिकबाट पेट्रोल निकालिने

झापामा प्लाष्टिकबाट पेट्रोल निकालिने

भद्रपुर, २७ पुस ।  प्रदेश नं १ ले झापालाई लक्ष गरेर फालिएका प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने सम्भावना अध्ययन भइरहेकोे कनपाका प्रमुख पोखरेलले बताउनुभयो । उहाँले झापाका पाँचवटा नगरपालिकाबाट निस्कने प्लाष्टिकलाई पाइरोलाइसिन प्रविधिबाट पेट्रोल निकाल्नेबारे वैज्ञानिकहरूसँग छलफल पछि यसको सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो । नेपालमै पहिलोपटक प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने उद्योग सञ्च...
झापामा फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

झापामा फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

भद्रपुर, २७ पुस । झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो । विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक/पटक छलफल गरी नगरबाट निस्कने ‘फोहरबाट मोहर’ बनाउन यस्तो निष्कर्ष निकालेका ...
महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

काठमाडौँ, २७ पुस ।  थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ...
प्रधानसेनापति भारत प्रस्थान

प्रधानसेनापति भारत प्रस्थान

काठमाडौँ, २७ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजना हुनुहन...
सिङ्गो गाउँ लालपुर्जाविहीन

सिङ्गो गाउँ लालपुर्जाविहीन

बाँके, २७ पुस । नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको छ । मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बिति...
दाङमा पनि छुर्पी उत्पादन शुरु

दाङमा पनि छुर्पी उत्पादन शुरु

लमही, २७ पुस । दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ । बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताउनुभयो । “बजारमा धेरै माग छ”, उह...
कुखुरामा रानीखेत रोगको प्रकोप

कुखुरामा रानीखेत रोगको प्रकोप

डोटी, २७ पुस । कुखुरामा देखिने ‘रानीखेत’ नामक रोगका कारण डोटीका एक कुखुरा व्यवसायीलाई लाखौँको क्षति भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा डिल्लीराज भट्टले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा रहेका लेयर्स जातका ७०० कुखुरा रोगका कारण मरेका छन् । रु १२ लाख खर्च गरी सञ्चालन गर्दै आउनुभएका भट्टको पोल्टी फार्ममा कुखुरामा प्रकोप देखिएको हो । कुखुरा झोक्राउने, टाउको घुमाउने, मुखबाट फिँज फ...
सहकारीमा तीन खर्ब दुई अर्ब बचत

सहकारीमा तीन खर्ब दुई अर्ब बचत

काठमाडौँ, २७ पुस । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ । राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो । सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिनुभयो । राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले बताउनुभयो । विभिन्न २० प्रकारका सहकारीहर...
शहर सुन्दर बनाउँदै काठमाडौँ महानगरपालिका

शहर सुन्दर बनाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ, २७ पुस । काठमाडौँ महानगरपालिका सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन गर्दै शहर सुन्दर बनाउने कार्यमा लागेको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अघिल्लो मङ्सिरबाटै उक्त कार्य शुरु गरेको भए पनि अहिले बढी महत्वका साथ काम भइरहेको छ । “अव्यवस्थितरूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउँदै सम्बद्ध निकायलाई आगामी दिनमा जथ...
हल्का वर्षा र हिमपातको सम्भावना

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २७ पुस । मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेला घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस अवधिमा न्यूनतम् तापक्रम नघटे पनि अधिकतम् तापक्रम घट्ने भएकाले चिसो बढ्ने महाशाखाका मौसमवि...
निजी क्षेत्रबाट कृषि क्याम्पस

निजी क्षेत्रबाट कृषि क्याम्पस

परासी, २७ पुस । कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् । पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सुनवल–१२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजलाई कृषि क्याम्पस सञ्चालनका लागि सम्बन्धन दिएको...
लहानमा विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

लहानमा विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

लहान, २७ पुस । हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई ...
झापामा एशियाली पर्यटन महोत्सव हुँदै

झापामा एशियाली पर्यटन महोत्सव हुँदै

भद्रपुर, २७ पुस । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताउनुभयो । ने...
२०७५  पुस २७ गते शुक्रबार/आजको राशिफल

२०७५ पुस २७ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल पुस २७ गते।  शुक्रबार । इश्वी  सन्  २०१९  जनवरी  ११  तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुनेछ। तर आज उठेको रकम तत्काल खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूकै लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जा लिनुपर्ने हुन स...
धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !

धनी व्यक्तिसरह पुग्न गरीब नेपालीलाई एक लाख वर्ष लाग्ने !

काठमाडौँ, २६ पुस । नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ । सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा भिन्नता आएको देखिँदैन । राष्ट्रिय योजना आयोग, ...
बास बस्न पाइँदैन देवघाटमा

बास बस्न पाइँदैन देवघाटमा

रत्ननगर, २६ पुस  । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजन स्नान गरेर मात्रै फर्कनु गर्नुपर्ने बाध्यता छ । देवघाटमा लाग्ने मेला तथा महोत्सवमा भक्तजनको चाप वृद्धि हुँदै गए पनि उचित बासस्थानको व्यवस्था नहुँदा स्वदेशी तथा विदेशी पर्यटक स्नान गरेर मात्रै फर्किने गरेका हुन् । नयाँ वर्ष, बोलबम मेला, जनैपूर्णिमा, ठूलो एकादशी, बाला चतुर्दशी, शिवरात्रिलगायतमा यहाँ मेला लाग्छ । माघे सङ्क्रान...
निगम प्रतिस्पर्धी नबने, निजी क्षेत्र अपरिहार्य

निगम प्रतिस्पर्धी नबने, निजी क्षेत्र अपरिहार्य

काठमाडौँ, २६ पुस । सरकारले पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगमलाई प्रतिस्पर्धी नबने निजी क्षेत्रलाई समेत त्यस्तो अनुमति दिने चेतावनी दिएको छ । निगमको ४९औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) चन्द्रकुमार घिमिरेले निगमले व्यवसायिकता प्रदर्शन गर्न नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्व...
अमेरिकासँगको वार्ताबाट व्यापार विवाद समाधानका लागि आधार तयार

अमेरिकासँगको वार्ताबाट व्यापार विवाद समाधानका लागि आधार तयार

बेइजिङ, चीन, पुस २६ । बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ । लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो । उक्त टोली बुधबार अमेरिकाका लागि प्रस्थान गरिसकेको छ । गत डिसेम्बर १ मा जी–ट्वान्टी सम्मेलनको अवसरमा अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनिया...
संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

काठमाडौँ, २६ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका भारतीय समकक्षी सुषमा स्वराजबीच आज भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो । रायसिना संवादको चौथो संस्करणमा भागलिने सिलसिलामा भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली र उहाँका भारतीय समकक्षीबीच ...
error: Content is protected !!