काठमाडौँ, २६ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।

Advertisement

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका भारतीय समकक्षी सुषमा स्वराजबीच आज भारतको बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।

रायसिना संवादको चौथो संस्करणमा भागलिने सिलसिलामा भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली र उहाँका भारतीय समकक्षीबीच भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविधि पक्षमा विचारविमर्श गर्नुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

“दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सहयोगअन्तर्गतत नेपालमा जारी विकास–निर्माणका आयोजनाको समीक्षा गर्नुका साथै ती परियोजनामा भएको प्रगतिप्रति सन्तुष्टि प्रकट गर्नुभएको छ ।

उहाँहरूले ती आयोजना निर्धारित समयमा नै पूरा गर्न निर्वाधरुपमा तिनलाई गतिदिनुपर्नेमा जोड दिनुभएको छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीले हालसालै दुवै देशबाट उच्चस्तरमा भएका भ्रमणको स्मरण गर्दै समानता, पारस्परिक विश्वास, सम्मान र आपसी लाभमा आधारित शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई अझ मजबुत तुल्याएकामा त्यसको प्रशंसा गर्नुभएको छ ।

भारतको बाह्य मामिला मन्त्रालयको सहकार्यमा अब्जबर रिसर्च फाउण्डेशनले रायसिना संवादको चौथो संस्करण आयोजना गरेको हो । मन्त्री ज्ञवाली उक्त संवादमा मुख्य वक्ताका रुपमा सहभागी हुन आज बिहान नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!