काठमाडौं,  २७ पुस । रविन्द्र मिश्र र उज्जल थापा नेतृत्वको विवेकशील साझा पार्टी फुटेको छ। नयाँ पार्टीको नेतृत्व उज्जल थापाले गरेका छन् । पछिल्लो समय विवादमा रहेको सो पार्टीका संयोजक समेत रहेका थापाले पार्टी रणनीतिको समीक्षाका लागि १८ बुँदै प्रतिवेदन बुझाएका थिए।

Advertisement

शुक्रबार पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । थापा नेतृत्वको विवेकशील नेपाली दल र मिश्र नेतृत्वको साझा पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!