लमही, २७ पुस । दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो ।

Advertisement

संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ ।

बजारमा माग धेरै भए पनि अहिले दैनिक १५ किलो मात्रै उत्पादन गरिरहेको अधिकारीले बताउनुभयो । “बजारमा धेरै माग छ”, उहाँले भन्नुभयो “तर दैनिक १५ किलो मात्रै उत्पादन हुने गर्छ ।”

साथै संस्थाले दुग्ध परियोजना सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको दूध खरिद गरेर ‘पाश्चवराइज्ड’ प्रविधिबाट दूध, दही प्रशोधन गरेर बजारमा पु¥याइरहेको समेत उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!