नार्कमा कर्मचारी अभाव
गोदावरी, ३० पुस । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बन्दै गएको हो ।
विसं २०४८ मा सरकारले कृषि ऐन पारित गर्दा एक हजार ८२३ जनाको दरबन्दी स्वीकृत गरेको थि...





























