आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

काठमाडौँ, २६ पुस । सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगम...
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

चौतारा, २६ पुस । सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आज बिहान बाटो हिँडिरहेको अवस्थामा प्रशारण लाइनको तार चुडेर जमीनमा लत्रिरहेको अवस्थामा नदेखेर कुल्चँदा उनलाई करेन्ट लागेको थियो । घाइते अवस्थामा काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प...
विदेशी उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

विदेशी उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

काठमाडौँ, २६ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, क्याल्कम सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, राजस्थान सिलिण्डर उद्योग भार...
सालको पातका दुई करोड ‘भ्युअर्स’

सालको पातका दुई करोड ‘भ्युअर्स’

बागलुङ, २६ पुस । लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फु...
सबै रोगको एउटै औषधि सिटामोल !

सबै रोगको एउटै औषधि सिटामोल !

वीरगञ्ज, २६ पुस । सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश स्वास्थ्य चौकीमा सिटामोलबाहेक अन्य औषधिबाट स...
तेह्रथुममा गाउँपालिकालाई भवन बनाउन निःशुल्क जग्गा प्रदान

तेह्रथुममा गाउँपालिकालाई भवन बनाउन निःशुल्क जग्गा प्रदान

तेह्रथुम, २६ पुस । तेह्रथुमको फेदाप गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले रु ६० लाख बराबरको छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । गाउँपालिकाको केन्द्र औँशीबजार नजिकै भवन निर्माणका लागि छ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेशन पाससमेत गरिसकिएको गाउँपालिकाका ...
फ्याँकिएका कागजबाट कलम

फ्याँकिएका कागजबाट कलम

दमक, २६ पुस । झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थाल्नुभएको छ । उहाँले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गर्नुभएको हो । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ । तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा ...
कृषि अनुदान दुरुपयोग

कृषि अनुदान दुरुपयोग

काठमाडौँ, २६ पुस । सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । “राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्दैछौँ, व्यक्तिले लगेको अनुदान दुरुपयोग भयो, हामीले स्वीकार्नै पर्छ, अनुदानको पैसा लियो, उद्यम शुरु गर्...
छोराछोरीको पढाइ खर्च जुटाउन बालुवा छान्दै

छोराछोरीको पढाइ खर्च जुटाउन बालुवा छान्दै

भीमदत्तनगर, २६ पुस । छोरा/छोरीको अध्ययनदेखि लालनपालनसम्मको खर्चको जोहो गर्न विगत १३ वर्षदेखि द्रोपती खड्का महाकाली नदीको बगरमा बालुवा छान्दै हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर रहेपछि भीमदत्तनगरपालिका–११ भुजेलाका खड्काको हरेक वर्ष हिउँदको समय महाकालीमा गिट्टी, बालुवा र ढुङ्गा सङ्कलनमा समय खर्चिनु दैनिकी बनिसकेको छ । “छोराछोरीको अध्ययन खर्च जुटाउन पनि पुर्खौली सम्पत्ति भएन ।” उहाँले भन्नुभय...
प्राधिकरणको नयाँ व्यवस्था : सात दिनभित्रै नयाँ मिटर

प्राधिकरणको नयाँ व्यवस्था : सात दिनभित्रै नयाँ मिटर

काठमाडौँ, २६ पुस । तपाइँले नयाँ आवास तथा घरका लागि नेपाल विद्युत् प्राधिकरणसँग नयाँ मिटरको लागि आवेदन दिनुभएको छ भने अब तपाईंले लामो समय कुर्नुपर्ने छैन । प्राधिकरणले आफ्ना ग्राहकलाई सहजरूपमा सेवा दिने लक्ष्यका साथ प्रक्रिया पुगेकालाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न मातहतका सबै कार्यालयलाई निर्देशन दिएको छ । प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभो...
आगलागीमा परी १९ जना घाइते

आगलागीमा परी १९ जना घाइते

टोलुुज, फ्रान्स, २६ पुस । फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ । यस आगलागी पीडितमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाइएको छ । आगलागीका कारण सो अपार्टमेन्टको केही भाग भत्किएको छ । आगलागी भएको यस भवनको नजिकै रहेको एक होटेलका मानिसलाई सुरक्षाका कारण अन्यत्र सारिएको छ । बिहानीपख शुरु भएको आ...
प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

प्रत्येक स्थानीय तहमा खेलग्राम बनाइने

काठमाडौँ, २६ पुस । सरकारले मुलुकभरका ७५३ वटै स्थानीय तहमा एक÷एक वटा खेलग्राम पूर्वाधार निर्माण गर्ने भएको छ । युवा तथा खेलकूद मन्त्रालयले पूर्वधार निर्माणसम्बन्धी कार्यविधि तयार गरी मन्त्रिपरिषद्मा पेश गरेको थियो । मन्त्रिपरिषद्को यही पुस १३ गतेको बैठकले उक्त कार्यविधि पारित गरेको हो । बालबालिका, युवा वयस्क तथा प्रौढको शारीरिक, मानसिक विकास तथा व्यवस्थापनका लागि खेलकूद अपरिहार्य रहेको हुन्छ । ...
सरकार र उखु व्यवसायीबीच सहमति

सरकार र उखु व्यवसायीबीच सहमति

महोत्तरी, २६ पुस । सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् । बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि प्रतिक्विन्टल रु ५३६ दरले उखु खरीद गर्नका लागि उद्योगी तयार भएका हुन् । उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार चिनी उद्योगीले तत्कालै चिनी मिल सञ्चालन गर्ने, किसानसँग उखु खरीद गरेको ४५ दिनभित्रमा किस...
अमेरिकामा ह्यारीकोे शपथ

अमेरिकामा ह्यारीकोे शपथ

वाशिङ्गटन डिसी, २६ पुस । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ । मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिनुभएको हो । शपथग्रहण पश्चात रासससँग कुरा गर्दै डेलिगेट भण्डारीले भन्नुभयो, “मैले अमेरिकामा आएर ...
छोरी जन्मँदा गाउँपालिकाले बैंक खाता खोल्ने

छोरी जन्मँदा गाउँपालिकाले बैंक खाता खोल्ने

चितवन, २६ पुस । इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ । अभिभावकको अवस्था कमजोर रहेमा दातासमेत खोजी रकम जम्मा गराउन...
३७ बिघाको गाँजा नष्ट

३७ बिघाको गाँजा नष्ट

सिन्धुली, २६ पुस । सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान चलाइएको छ । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाँजा नष्ट गर्ने अभियान प्रहरीले चलाएको हो । अवैध गाँजाखेती भएको जानकारीअनुसार पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । आजसम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ । कू...
तीन धामसहितको बहुजातीय सङ्ग्रहालय

तीन धामसहितको बहुजातीय सङ्ग्रहालय

उर्लाबारी, २६ पुस । प्रदेश नं १ सरकारले मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा गौरवको आयोजनाका रुपमा तीन धामसहितको बहुजातीय सङ्ग्रहालय निर्माण गर्ने भएको छ । सङ्ग्रहालयस्थलको बुधबार अवलोकनका क्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले पाथीभरा, हलेसी र बराहक्षेत्र धामसहितको सांस्कृतिक ग्राम निर्माणमा प्रदेश सरकार अघि बढिसकेको बताउनुभयो । उहाँले सांस्क...
आर्थिक अभावमा एम्बुलेन्स सञ्चालन हुनसकेन

आर्थिक अभावमा एम्बुलेन्स सञ्चालन हुनसकेन

बैतडी, २६ पुस । आर्थिक अभाव हुँदा प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रहेको एकमात्र एम्बुलेन्स सेवा नियमितरूपमा सञ्चालन हुन सकेको छैन । बेलाबेला बिग्रने र मर्मतका लागि आर्थिक अभाव हुँदा नियमितरूपमा सञ्चालनमा ल्याउन नसकेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । एम्बुलेन्समा खराबी आउन थालेपछि मर्मतमा ढिलाइ हुँदा नियमित सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख डा नवीन्द्र ...
मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार

मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार

हेटौडा, २६ पुस ।  हेटौँडा–९ की कमला मिजार हेटौँडाको एक उद्योगमा कार्यरत हुनुहुन्छ । आफ्नो छोराको असाध्यै माया गर्नुहुने उहाँले छोरालाई दैनिक एक/दुई सय खर्च दिने गर्नुहुन्थ्यो, आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै कन्जुस्याइ गर्नुभएन । नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उहाँले ध्यान नै दिन भ्याउनुभएन । आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन्...
जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता

जापानद्वारा निरन्तर सहयोगको प्रतिबद्धता

काठमाडौँ, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको दुई दिवसीय भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट ...
एक महीनामा एक करोडको सुन्तला बिक्री

एक महीनामा एक करोडको सुन्तला बिक्री

रत्ननगर, २६ पुस । तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो । “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भन्नुभयो । उहाँका अनु...
खोटाङमा बसपार्क निर्माण गर्न निःशुल्क जग्गा

खोटाङमा बसपार्क निर्माण गर्न निःशुल्क जग्गा

खोटाङ, २६ पुस । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर बस्नेतले दुई रोपनी, थीरकुमार बस्नेत र तीर्थकुमार बस्नेतले चार/चार आना जग्गा निःशुल्क उपलब्ध गराउनुभए...
२०७५ पुस २६ गते बिहीबार /आजको राशिफल

२०७५ पुस २६ गते बिहीबार /आजको राशिफल

वि.सं.  २०७५  साल   पुस २६  गते। बिहीबार । इश्वी  सन्  २०१९  जनवरी  १०  तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आयस्रोत राम्रो देखिए पनि तत्कालै खर्चनुपर्ने अवस्थासमेत आउन सक्छ। केही रकम सरसापटमा बाहिरिन सक्छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ हुनेछ। श्रमको उचित मूल्यांकन भए पनि केही लाभांश कटौती हुन सक्छ। मिहिनेतले फाइदा दिलाउनेछ। आम्दानी उठाउन दौडधुप गर्नु परे पनि पछि फा...
दादुरा खोप लगाउँदा बालकको मृत्यु

दादुरा खोप लगाउँदा बालकको मृत्यु

टीकापुर, २५ पुस । बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । “बच्चालाई कुनै समस्या थिएन । बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ । खोप लगाएको १५ मिनेटमै बच्चा बेहोस भयो । टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै ...
धनकुटामा मोटरसाईकल दुर्घटना

धनकुटामा मोटरसाईकल दुर्घटना

धनकुटा, २५ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा आज मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । भेडेटारबाट धनकुटातर्फ आउँदै गरेको को.१५ प.७६०६ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकलमा सवार सोही स्थानका ३१ बर्षीय चुडाराज थापा गम्भीर घाइते भएका हुन् । उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफ...
डा.गोविन्द केसीले इलाममा सुरु गरे १६ औँ सत्याग्रह

डा.गोविन्द केसीले इलाममा सुरु गरे १६ औँ सत्याग्रह

पशुपतिनगर, २५ पुस । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको शुरुआत गर्नुभएको छ । गत साउन १० गते सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह इलामबाट शुरुआत गर्नुभएको हो । मङ्गलबार इलाम सदरमुकाम आइपुग्नुभएका डा केसीले पत्रकार सम्मेलन गरी आज साँझ ५ बजेदेखि इलामक...
सुनसरीमा फेसबुक मार्फत सम्बन्ध बढाएर बलात्कार गर्ने युवक पक्राउ

सुनसरीमा फेसबुक मार्फत सम्बन्ध बढाएर बलात्कार गर्ने युवक पक्राउ

विराटनगर, २५ पुस । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई आज पक्राउ गरिएको छ । प्रदेश नं १ प्रहरी कार्यालयको जानकारीअनुसार इटहरी उपमहानगरपालिका–१० का २३ वर्षीय रमेश राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । राईले फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई जागिर लगाइदिने भन्दै गत यही पुस २० गते धरानमा भेटघाट गरी इटहरीको एक होटलमा बन्धक बनाइ मङ्गलबार...
टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबारमा

टेलिफोन टावर माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि सिंहदरबारमा

डोल्पा, २५ पुस । टेलिफोन टावर स्थापना गर्ने माग लिएर दुर्गम हिमाली जिल्ला डोल्पाका जनप्रतिनिधि सिंहदरबार आइपुगेका छन् । उपल्लो डोल्पामा बस्ती रहेदेखि गाँउघरमै टेलिफोनको सुविधा उपभोग गर्न नपाएका जनताको माग लिएर आफूहरु काठमाडौँ पुगेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी टुण्डुप गुरुङले जानकारी दिनुभयो । सदरमुकाम दुनैदेखि उत्तरी क्षेत्रमा पर्ने डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङसोङ गाउँपाल...
भोजपुरमा हत्याका अभियुक्तलाई जन्मकैद

भोजपुरमा हत्याका अभियुक्तलाई जन्मकैद

भोजपुर, २५ पुस ।  जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मङ्गलबार सो फैसला गरेको हो...
सहसचिव श्रेष्ठविरुद्ध मुद्दा दायर

सहसचिव श्रेष्ठविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठले पदको दुरुपयोग गरी स्रोत नखुलेको सम्पत्ति जम्मा पारेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्रेष्ठ हाल वन तथा वातावरण मन्त्रालयको सहसचिवमा कार्यरत हुनुहुन्छ । सार्वजनिक सेवाको पदमा रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा छानविन...
भैँसीपालनबाट मनग्य आम्दानी

भैँसीपालनबाट मनग्य आम्दानी

लमही, २५ पुस । रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दाङका हरि रोकाले । तुलसीपुर १९ सक्रामका रोकाले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट विदेशमा भन्दा चारगुणा बढी आम्दानी गर्दै आउनुभएको छ । “विदेश हुँदा मासिक दशहजार कमाइ हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अह...
error: Content is protected !!