काठमाडौँ, २७ पुस । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

Advertisement

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैंकले आव २०७४/७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी रु १३ अर्ब ९३ करोड २५ लाख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!