लहान, २७ पुस । हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।

Advertisement

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले बताउनुभयो । सो क्रममा विद्युत् मिटर, पङ्खा र टिभीलगायतका समानसमेत बरामद गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!