परासी, २७ पुस । कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् ।

Advertisement

पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सुनवल–१२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजलाई कृषि क्याम्पस सञ्चालनका लागि सम्बन्धन दिएको हो ।

चार वर्षको प्रयासपछि सम्बन्धन प्राप्त गर्न सफल भएको क्याम्पसका अध्यक्ष प्रेम न्यौपानेले जानकारी दिनुभयो । स्नातक तहको चारवर्षे कक्षा सञ्चालन गर्ने अनुमति पाएको उक्त क्याम्पसले एक सेमेस्टरमा ५० विद्यार्थी अध्यापन गर्न पाउने छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यहाँ पढ्न सक्छन् । चारवर्षे कोर्षका लागि विद्यार्थीले रु एक लाख धरौटी फिर्ता हुने गरी कूल रु सात लाख खर्च गर्नुपर्ने हुन्छ ।

विश्वविद्यालयकै समय तालीकाअनुसार कक्षा सञ्चालन हुने उक्त क्याम्पसमा भर्ना हुन अहिले विद्यार्थीको चाप बढिसकेको अध्यक्ष न्यौपानेले बताउनुभयो । प्रदेश राजधानीको नजिक, पहाडी जिल्लालाई पायक पर्ने, भारतको पनि नजिक भएकाले नेपालका विभिन्न जिल्लासहित भारतबाट पनि उक्त क्याम्पसमा विद्यार्थी पढ्न आउने क्याम्पसको विश्वास छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!