भोजपुरमा घरमै थन्कियो ‘किसानको अलैँची’
भोजपुर, २७ फागुन । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् ।
मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेक...































