सबै एनटिसी नम्बरमा कोरोनाको सिआरबिटी

सबै एनटिसी नम्बरमा कोरोनाको सिआरबिटी

काठमाडौं । नेपाल टेलिकमका सवै नम्बरहरुमा कोरोना भाइरस सम्बन्धि रिंगब्याक टोन बज्न थालेको छ । टेलिकमले कोरोना भाइरसको संक्रमणप्रति सतर्कताका लागि सिआरबिटी मार्फत सचेतनामुलक सन्देश दिने व्यवस्था मिलाएको हो । जुनसुकै नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट सुरक्षित रहने बिधिको सन्देश दिने व्यवस्था मिलाईएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका सबै जिएसएमए नम्बरहरुमा निःशुल्...
सुनकाे भाउ घट्याे

सुनकाे भाउ घट्याे

काठमाण्डाै । सुनको भाउ बिहीबार तोलामा १५ सय रुपैयाँले घटेको छ । सुनको भाउ १५ सय रुपैयाँले घटेर बिहीबार तोलाको ७५ हजार रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०७६ चैत ६ गते बिहीबार/आजको राशिफल

२०७६ चैत ६ गते बिहीबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत ६ गते बिहीबार ई. सं. २०२० मार्च १९, नेपाल सम्बत ११४० चिल्लागा एकादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, परिधि योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः९ बजे, सूर्यास्त साँझ ०६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिश...
परीक्षाको अघिल्लो दिन एसईई स्थगित हुँदा विद्यार्थी मारमा, सर्वत्र आलोचना

परीक्षाको अघिल्लो दिन एसईई स्थगित हुँदा विद्यार्थी मारमा, सर्वत्र आलोचना

धनकुटा । बिहिबारदेखि सुरु हुँन लागेको एसईई परीक्षा अन्तिम दिनमा आएर स्थगित गरिदा बिद्यार्थीहरु मारमा परेका छन् । एसईई स्थगित गर्ने सरकारको निर्णयलाई सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका छन् । संगालोखबरले सामाजिक सञ्जाल फेसबुकमा ‘परीक्षाको अघिल्लो दिन एसईई स्थगित गरिनुलाई तपाई के भन्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा जवाफ दिने अधिकांसले निर्णयको विपक्षमा धारणा राखेका छन् । कोरोनाको संक्रमण विश्वभर ...
एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित

काठमाडौं । बिहिबारदेखि सुरु हुँन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण देखाउँदै सरकारले अन्तिम अवस्थामा आएर बुधबार एसईई स्थगित गर्ने निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । परिक्षामा धेरै बिद्यार्थीको जमघट हुँने हुँनाले...
झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिकामा आज बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा अर्जुनधारा–४ का १७ बर्षीय मन कुमार थापा छन् । बिहान करिव १० बजे बिरिङ खोला तर्फ जाँदै गरेको मे.१ त.४९११ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको हो । ठक्करबाट थापाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाईएको छ । ठक्कर दिने...
फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

काठमाण्डाै । बुधबार सुनको भाउ बढेको छ । तोलामा एक हजार रुपैयाँले भाउ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मङ्गलबार तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघलले जनाएको छ ।
बिराटनगरमा प्रमुख सचिवसँग उद्योगीको भेटघाट

बिराटनगरमा प्रमुख सचिवसँग उद्योगीको भेटघाट

बिराटनगर । प्रदेश नं. १ को मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा भएर आएका प्रमुख सचिव दिनेश भट्टराईसँग उद्योगीहरुले भेटघाट गरेका छन् । उद्योग मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख सचिव भट्टराईलाई स्वागत गर्दै उद्योग संगठन मोरङले भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख सचिव भट्टराईले उद्योगका समस्याप्रति जानकार रहेको भन्दै ऐन, कानुनले तोकेको परिधिलाई ध्यानमा राखी उद्योगी व्यावसा...
किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार

किशोरीमाथि ट्रकभित्रै सामूहिक बलात्कार

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ तीनथानास्थित पार्किङ गरेर राखिएको ट्रकभित्रै १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सडक किनारमा पार्किङ गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्रलगेर ती किशोरीमाथि तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन्। मंगलबार बिहान २ बजे भएको उक्त घटनामा संलग्‍न ३ जनालाई नै प्रहरीले पक्...
२०७६ चैत ५ गते बुधबार/आजको राशिफल

२०७६ चैत ५ गते बुधबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत ५ गते बुधबार ई. सं. २०२० मार्च १८, नेपाल सम्बत ११४० चिल्लागा दशमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वरियान योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०६ः१० बजे, सूर्यास्त साँझ ०६ः१४ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुख...
तोलामा दुई हजार घट्यो सुनको भाउ

तोलामा दुई हजार घट्यो सुनको भाउ

काठमाडौं । मंगलबार सुन र चाँदीको भाउ ओरालो लागेको छ । सोमबार ७७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार २ हजार घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन व्यावसायीहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको माग घटेपछि भाउ घटेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीका कारण आर्थिक मन्दी बढ्दा लगानीकर्ताले डलरमा लगानी बढाएक...
२०७६ चैत ४ गते मंगलबार/आजको राशिफल

२०७६ चैत ४ गते मंगलबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत ४ गते मंगलबार ई. सं. २०२० मार्च १७, नेपाल सम्बत ११४० चिल्लागा नवमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, व्यतिपात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः११ बजे, सूर्यास्त साँझ ०६ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जु...
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । साेमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको हो । अब पेट्रोलको खुद्रा मूल्य एक सय ६ रुपैयाँ प्रतिलिटर र डिजल तथा मट्टीतेलको भाउ ९५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यस्तै आन्तरिकतर्फको हवाइ इन्धनको भाउ पनि साढे ४ रुपैयाँ घटाएर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
विश्वप्रकाशलाई डा.शर्माको प्रश्न : नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?

विश्वप्रकाशलाई डा.शर्माको प्रश्न : नेता र सांसदले कोरोनाको सावधानी अपनाउँन पर्दैन ?

बिराटनगर । नेपाली काँग्रेसका उदयवान नेता डा.सुनिल शर्माले पार्टी प्रवक्ता विश्वप्रकाश शर्माप्रति आक्रोस पोखेका छन् । समाजसेवाका माध्यमबाट चर्चा कमाइरहेका काँग्रेस महासमिति सदस्य डा.शर्माले कोरोनाको संक्रमणमा अपनाउँनुपर्ने सावधानीप्रति नेताहरु संवेदनसिल नभएको भन्दै पार्टी प्रवक्ता शर्माप्रतिको आक्रोस सामाजिक सञ्जालबाटै प्रकट गरेका हुन् । शर्माले कोरोना भाईरस सोझा निमुखा, गरिब, भाउन्नेका जनतालाई ...
कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक परिक्षण गरिदै

कोरोना भाइरसबिरुद्धको खोप पहिलो पटक परिक्षण गरिदै

न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ । खोपले मानव शरीरमा केही असर गर्छ वा गर्दैन भन्नेबारे अध्ययन गर्न परीक्षण गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सियाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो । खोपको सोम...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्य वृद्धि भएको छ । आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ५०० बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य ७९० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
धनकुटाका शिक्षक ढुङ्गानाद्वारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

धनकुटाका शिक्षक ढुङ्गानाद्वारा छोराको जन्मदिनमा विद्यालयलाई सहयोग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका शिक्षक कैलाश ढुङ्गानाले छोराको जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । छोरा कल्पितको पहिलो जन्मोत्सवमा ढुङ्गानाले चौबिसे–२ सिन्धसार स्थित धारापानी आधारभूत विद्यालयलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । सोहि विद्यालयका प्रधानाध्यापकसमेत रहेका ढुङ्गानाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार मगरलाई रकम हस्तान्तरण गरे । ज...
धनकुटा क्याम्पसले पनि बन्द गर्यो विद्युतीय हाजिरी

धनकुटा क्याम्पसले पनि बन्द गर्यो विद्युतीय हाजिरी

धनकुटा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम गर्न धनकुटा बहुमुखी क्याम्पसले विद्युतीय हाजिरी स्थगित गरेको छ । विद्युतीय हाजिरीको माध्यमबाट भाइरसको संक्रमण बढ्न सक्ने जोखिम रहेकाले अर्को सुचना नभएसम्मका लागि आजदेखि विद्युतीय हाजिरी स्थगित गरिएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । क्याम्पसले सुचना जारी गरी हाजिरी पुस्तिकामा हाजिर गर्न प्राध्यापक, कर्मचारीहर...
भूकम्पपीडित अनुदानको समयसीमामा सरकारले देखायो लचकता

भूकम्पपीडित अनुदानको समयसीमामा सरकारले देखायो लचकता

काठमाडौं । सरकारले भूकम्पपीडितका लागि दिइने अनुदानसम्बन्धी समयसीमामा झनै लचकता देखाएको छ । भूकम्पपछिको पुनर्निर्माणको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान लिने समयसीमालाई पुनः थप विस्तार गर्दै सहजता प्रदान गरेको हो ।भूकम्पप्रभावित लाभग्राही तथा जनप्रतिनिधिको अनुरोध र सुझावलाई आधार मानेर प्राधिकरणले निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण अनुदान लिने समयसीमा थप गरेको हो...
२०७६ चैत ३ गते सोमबार/आजको राशिफल

२०७६ चैत ३ गते सोमबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत ३ गते सोमबार ई. सं. २०२० मार्च १६, नेपाल सम्बत ११४० चिल्लागा षष्ठि, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा बृश्चिक राशिमा बिहान ११ बजेर २६ मिनेट सम्म त्यसपछि धनु राशिमा, अनुराधा नक्षत्र, वज्र योग, भद्रा करण। नेपालमा सूर्योदय बिहान ०६ः१२ बजे, सूर्यास्त साँझ ०६ः१३ बजे हुनेछ। आज जन्म लिने बच्चाको बिहान ११ बजेर २६ मिनेट सम्म बृश्चिक...
भूकम्पको धक्का महसुस

भूकम्पको धक्का महसुस

काठमाण्डौं । कास्कीलाई केन्द्रबिन्दु बनाएर आईतबार राती भूकम्प गएको छ । राती करिव ८ः४५ बजे भूकम्पको धक्का महसुस भएको हो । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि पोखरामा मानिसहरु घर बाहिर निश्किएका थिए । काठमाण्डौमा पनि धक्का महसुस गरिएको छ । यो समाचार तयार पर्दासम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।
धनकुटासहित बिभिन्न जिल्लाका सिडिओको सरुवा (नामावलीसहित)

धनकुटासहित बिभिन्न जिल्लाका सिडिओको सरुवा (नामावलीसहित)

धनकुटा । गृह मन्त्रालयले बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार धनकुटा, पाँचथर, उदयपुर, कास्की, धनुषा, मकवानपुर, अछाम, सिन्धुली, नवलपरासी पश्चिम, बारा लगायत जिल्लाका सिडिओको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । धनकुटाका सिडिओ डा.कृष्णबहादुर घिमिरे सरुवा भएर सहायक सिडियोको रुपमा सुनसरी जाँने भएका छन् । यता, गृह मन्त्रालयका सह–सचिव केशव प...
यसरी छुट्याउँनुहोस् रुघाखोकी र कोरोना भाइरस

यसरी छुट्याउँनुहोस् रुघाखोकी र कोरोना भाइरस

काठमाडौँ । एसियाली राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युरोप र अमेरिका हुँदै अफ्रिका पुगेको छ । विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरेको कोभिड–१९ बाट हालसम्म विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित भइसकेका छन् । १ सय २३ देशमा संक्रमण फैलँदा मृतक संख्या ४ हजार ९ सय ४७ पुगेको छ । नेपालमा भने अहिलेसम्म १ जना बाहेक अरुमा पोजेटिभ देखिएको छैन तथापि नेपाल कोरोना भाइ...
झापाका एक व्यक्तिमा कोरोनाको आशंका, उपचारका लागि काठमाण्डौ लगियो

झापाका एक व्यक्तिमा कोरोनाको आशंका, उपचारका लागि काठमाण्डौ लगियो

भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि अस्पताल पुगेका भद्रपुर–७ चन्द्रगढीका ४२ वर्षीय पुरुषलाई प्रारम्भिक जाँचपश्चात कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो । प्रजिअ रानाका अनुसार चिकित्सकहरुले उपचारका लागि उनलाई काठमाडौंको ग्राण्डी हस्पिटल सिफारिस ग...
सुनको मुल्यमा निरन्तर गिरावट : दुई दिनमा ४ हजार ५ सय घट्यो भाउ

सुनको मुल्यमा निरन्तर गिरावट : दुई दिनमा ४ हजार ५ सय घट्यो भाउ

काठमाडौं । सुनको मूल्य आइतबार पनि घटेको छ । छापावाला सुन प्रतितोला १५ सय रुपैयाँले घटेर कारोबार भइरहेको हो । ३ हजार रुपैया घटेर शुक्रबार प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार प्रतितोला ८२० रु...
२०७६ चैत २ गते आईतबार/आजको राशिफल

२०७६ चैत २ गते आईतबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत २ गते आईतबार ई. सं. २०२० मार्च १५, नेपाल सम्बत ११४० चिल्लागा षष्ठि, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, चैत्र कृष्ण पक्ष षष्ठि तिथी, चन्द्रमा बृश्चिक राशिमा, अनुराधा नक्षत्र, वज्र योग, भद्रा करण। नेपालमा सूर्योदय बिहान ०६ः१३ बजे, सूर्यास्त साँझ ०६ः१३ बजे हुनेछ। आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै ...
हिमेशले जिते कमेडी च्याम्पियनको उपाधि

हिमेशले जिते कमेडी च्याम्पियनको उपाधि

काठमाडौं । हिमेश पन्तले कमेडी च्याम्पियनको उपाधि जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए । तर, पन्तले बाजी मारे । विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् । धादिङका विजेता पन्तलाई मह जोडीले पुरस्कार प्रदान गरे ।
कोरोना सतर्कता: धनकुटाको गोकुण्डेश्वरले बन्द गर्यो बिधुतीय हाजिरी

कोरोना सतर्कता: धनकुटाको गोकुण्डेश्वरले बन्द गर्यो बिधुतीय हाजिरी

धनकुटा । चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणमा सावधानी अपनाउँन धनकुटा सदरमुकामको गोकुण्डेश्वर माध्यमिक बिद्यालयले बिधुतीय हाजिरी बन्द गरेको छ । कोरोनाको संक्रमण फैलन सक्ने माध्यम भएकाले सतर्कता अपनाउँदै बिधुतीय हाजिरी बन्द गरिएको हो । कोरोनाको संक्रमण रोकथाम नहुँदासम्मका लागि बिधुतीय हाजिरी बन्द गरिएको बिद्यालयका प्रद्यानाध्यापक यज्ञप्रकाश चापागाईंले जानकारी दिए । ‘सवै शिक्...
धनुषामा घरेलु मदिरा पिउँदा मर्नेको संख्या ११ पुग्यो

धनुषामा घरेलु मदिरा पिउँदा मर्नेको संख्या ११ पुग्यो

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ जनाको मृत्यु भएको हो । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाट नै भएको आशङ्का गरिएको छ । मृ...
२०७६ चैत १ गते शनिबार/आजको राशिफल

२०७६ चैत १ गते शनिबार/आजको राशिफल

बि.सं.२०७६ साल चैत १ गते शनिबार ई. सं. २०२० मार्च १४, नेपाल सम्बत ११४० चिल्लागा पञ्चमी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, चैत्र कृष्ण पक्ष चौथी तिथी, चन्द्रमा बृश्चिक राशिमा विशाखा नक्षत्र, हर्षण योग, तैतिल करण। नेपालमा सूर्योदय बिहान ०६ः१२ बजे, सूर्यास्त साँझ ०६ः१२ बजे हुनेछ। आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ। आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर ज...
तमोर नदीमा बेपत्ता भएका विद्यार्थीको शव फेला

तमोर नदीमा बेपत्ता भएका विद्यार्थीको शव फेला

धनकुटा । धनकुटाको मुलघाट स्थित तमोर नदीबाट बेपत्ता भएका युवकको शव छ दिनपछि आज फेला परेको छ । मुलघाट स्थित तमोर किनारमा फोटो खिच्ने क्रममा गत शनिवार नदीमा बगेर बेपत्ता भएका भारतको पुर्णियाका भिनित शर्माको शव फेला परेको प्रहरीले जनाएको छ । शहिदभूमी गाउँपालिका–१ गोपालपुर स्थित तमोर नदी किनारमा दिउँसो करिव १२ बजे उनको शव भेटिएको धनकुटाका प्रहरी निरीक्षक रोहित शर्माले संगालोखबरलाई जानकारी दिए । प्रह...
error: Content is protected !!