विराटनगर । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै सोमबार ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ८६ हजार ५ सय ५० रुपैयाँ कायम गरिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलाको १ हजार ३ सय ४० रुपैयाँमा कायम भएको चाँदीको मूल्य ४० रुपैयाँले घटेर आज १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।