टिपरले ईभी गाडीलाई ठक्कर दिँदा एक जनाको मृत्यु, पाँच जना घाइते
सिरहा । सिरहाको कर्जन्हा नगरपालिका-४ भुल्केस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक विद्युतीय गाडीलाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनामा गोलबजार नगरपालिका-४ की ४५ वर्षीया शोभा कुमारी यादवको मृत्यु भएको हो ।
गम्भीर घाइते उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका क्रममा मृ...






























