जेनजी आन्दोलनमा विराटनगरमा आगजनी गरेको आरोपमा नेकपाका नेता कारागार चलान
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता ताजिम अन्सारी कारागार चलान भएका छन् । शुक्रबार जिल्ला अदालत माेरङमा हाजिर भएका अन्सारीलाई न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि कारागार चलान गरिएको हो ।
जेनजी आन्दाेलनमा आगजनीमा संलग्न भएको भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको केही दिनमा हाजिरजमानीमा छुटेका उनीसहितल...































