सुनसरीबाट लागूऔषधसहित सासु-बुहारी पक्राउ
सुनसरी । सुनसरीको इटहरी-१७ पकलीबाट ठूलो परिणाममा लागूऔषध ब्राउन सुगरसहित सासु र बुहारी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरमा लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको ...































