आधुनिक प्रविधीको कारणले उजुरीपेटिका विस्थापित हुँदै
संखुवासभा, १५ माघ । संखुवासभाका सरकारी कार्यालयका परम्परागत उजुरीपेटिका प्रयोगबिहीन बन्दै गएका छन् ।
सरकारी कार्यालयहरूमा काम कारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीका बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भन्ने उद्देश्यले राखिएका उजुरीपेटिका प्रयोगविहीन बनेका हुन् ।
सुशासन, पारदर्शी र जवाफदेहिताको लागि मुख्य भूमिका खेल्ने उजुरी, गुनासो तथा सुझावपेटिका अहिले प्रयोगविहीन बनेका छन् ।...






























