भद्रपुर, १४ माघ । झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलित एक लाख २१ हजार २३० मिर्गाैलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ ।

झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गाैला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् ।

Advertisement

रकम हस्तान्तरण गर्दै एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले पकुवालको शीघ्र स्वास्थ्यलाभको काम गर्नुभयो । पीडित पत्रकारको दुवै मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ ।

कुष्ठरोगी बढ्दै 

जिल्लामा कुष्ठरोगीको संख्या बढ्दै गइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । गत आवमा १५७ कुष्ठरोगी रहेको झापामा चालु आवको पहिलो चौमासिकमा मात्र १५३ रोगी पाइएको छ ।

दोस्रो चौमासिकमा ३२ महिला तथा ४१ पुरुष गरी ७३ नयाँ कुष्ठरोगी थपिएकामा उपचार पूरा गरी ३६ जना स्वस्थ्य भएका छन् । पाँच जना उपचार छाडेर बेपत्ता भएको क्षय कुष्ठरोग अधिकृत प्रमोद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा हाल १९४ रोगी उपचारमा छन् । कुष्ठरोगको शङ्काका घेरामा परेका १६ हजार ८११ जनालाई औषधि खुवाइसकिएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!