धनकुटामा ‘एकल महिला अवसर कोष’ स्थापना गरिने
धनकुटा, १८ माघ । मानव अधिकारको लागि महिला, एकल महिला जिल्ला कार्यसमिति धनकुटाले ‘एकल महिला अवसर कोष’ स्थापना गर्ने भएको छ । विपन्न एकल महिलालाई आर्थिक रुपमा सवल बनाउने उद्धेश्यले कोष स्थापना गरिने भएको हो ।
असहाय, अशक्त, विपन्न तथा जोखिममा रहेका एकल महिलालाई सहयोग गर्न कोष स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष मीना राईले जानकारी दिइन् । कोष स्थापनाको लागि माघ २४ गते देखि श्रीमद्भागवत महापुराण सप्...





























