- संगालोखबर सम्वाददाता

धनकुटा, १४ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रमा अव शिक्षा सम्बन्धि सवै काम नगरपालिकाले गर्ने भएको छ । महालक्ष्मी नगर कार्य समितिको बैठकले नगर क्षेत्रमा शिक्षा सम्बन्धि सवै काम गर्ने गरी शिक्षा कार्यबिधि पारित गरेको हो ।

संबैधानिक ब्यवस्था अनरुप नगरपालिकाले शिक्षा कार्यबिधि पारित गरेको मेयर पर्शुराम नेपालले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार नगर क्षेत्रका बिद्यालयमा अस्थायी तथा करार शिक्षकको नियुक्ती र शिक्षकको आन्तरीक सरुवा अव नगरपालिकाले गर्नेछ ।

त्यस्तै सिसु देखि १० कक्षासम्मको परिक्षा पनि नगरपालिकाले नै सञ्चालन गर्नेछ । नगर स्तरीय परीक्षाका लागि नगर शिक्षा समितिले प्रश्नपत्र तयार गरी परिक्षा सञ्चालन गर्ने बताईएको छ ।

नयाँ शिक्षा नीति कार्यान्वयन भएकाले अव नगर क्षेत्रका बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा सहयोग पुग्ने महालक्ष्मी नगरका स्रोत ब्यक्ती पुष्प कटुवालले बताएका छन् ।

महालक्ष्मी नगर क्षेत्रमा ५३ सामुदायिक र ७ सस्थागत बिद्यालयमा करिव १० हजार बिद्यार्थी अध्ययनरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!