संगालोखबर सम्वाददाता

धनकुटा, १५ माघ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धनकुटाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट भीमबहादुर राई अध्यक्षमा निर्वाचित भएका छन् ।

दुई बर्षे कार्यकालका लागि राईको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद इवाहाङ, महिला उपाध्यक्षमा तारा रोइला, उपाध्यक्षमा रोम वाजिम्पाक र चन्द्र एवाई राई, सचिवमा टेकमणि पौडेल, अर्थ सचिवमा दुर्गा सुवेदी, सह–सचिवमा रेवती प्रसाद घिमिरे र जीवनाथ ओझा चयन भएका छन् ।

Advertisement
सम्मेलन उद्घाटन कार्यक्रम । तस्वीर:ईश्वर थापा/संगालोखबर

त्यस्तै सचिवालय सदस्यमा मिलन राई, पदम बुढाथोकी र पुष्पराज थापा सर्वसम्मत निर्वाचित भएका छन् । सम्मेलनले मुक्तिनाथ दाहाल, यमबहादुर बस्नेत, पूर्णबहादुर राई र खेलबहादुर लिम्बूलाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । तिलक विक संयोजक र बलबहादुर लुंगेली सचिव रहेको ९ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ ।

निर्वाचित भएपछि अध्यक्ष राईले सबै पदमा निर्विरोध निर्वाचित भएको प्रति खुशी ब्यक्त गर्दैै संगठनको उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिवद्धता जनाएका छन् । संगठनको विभिन्न पदमा रहेर काम गर्ने पूर्व शिक्षकहरूलाई सम्मेलनकै अवसरमा सम्मान तथा विदाई पनि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!