- ईश्वर थापा/संगालोखबर

धनकुटा, १३ माघ । नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित कुसुम कुमारी श्रेष्ठलाई पार्टीको तर्फबाट शनिवार धनकुटामा बधाई ज्ञापन गरिएको छ । माओवादी केन्द्र धनकुटाले शुरभी होटलमा कार्यक्रम गरी नव निर्वाचित सांसद श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

उनलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरिएको माओवादी केन्द्रका सह–संयोजक ऋषिराम ढुंगानाले बताए । सम्मानित भएपछि बोल्दै सांसद श्रेष्ठले पार्टीले ठूलो जिम्मेवारी दिएकाले त्यसलाई पूरा गर्न लागि पर्ने बताइन् ।

Advertisement
सांसद श्रेष्ठलाई सम्मान गरिदै । तस्वीर: ईश्वर थापा/संगालोखबर

उनले धनकुटालाई प्रादेशिक राजधानी बनाउन र धनकुटाको विकासका लागि जस्तो सुकै मुल्य चुकाउँन पनि पछि नपर्ने बताएकी छन् ।

प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसद श्रेष्ठ नेकपा माओवादी केन्द्र धनकुटाको जिल्ला संगठन समिति सदस्य तथा अखिल नेपाल खेलकुद महासंघको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

को हुन कुसुम ?
माओवादी केन्द्र्रबाट समानुपातिक तर्फ प्रदेशसभा सदस्यमा निर्वाचित कुसुम कुमारी श्रेष्ठको जन्म २०३२ माघ १२ गते झापामा भएको हो । बुद्धि बहादुर र मथुराकीका कोखबाट कान्छी छोरीका रुपमा जन्मिएकी श्रेष्ठ मावि तहमा अध्ययन गर्दै राजनीतिमा लागिन् ।

२०५५ सालमा विवाह भएपछि उनी धनकुटा आएकी हुन् । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य हुँदै एक नम्वर प्रदेशको ईन्चार्ज भईसकेकी श्रेष्ठ हाल महासंघको केन्द्रिय उपाध्यक्ष छन् । उनले राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य भएर ४ वर्ष काम गरेकी छन् ।

२०५१ सालमा झापाको पाँचगाछिमा रहेको त्रिभुवन माविबाट एसएलसी उर्तिण गरेकी कुसुमले २०५३ सालमा धनकुटा बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गरेकी छन् ।

धनकुटामा बस्दै आएकी श्रेष्ठ २०५६ सालदेखि विभिन्न संघ–संस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा क्रियासिल छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!