विराटनगर, ११ माघ।  मोरङको जहदा गाउँपालिकाअन्तर्गत विपन्न परिवारका एक हजारलाई यहाँ बुधबार न्यानो कम्बल वितरण गरियो ।

Advertisement

पूर्वमन्त्री एवं सांसद शिवकुमार मण्डलले जहदा गाउँपालिका, भ्रातृ सामुदायिक कल्याण समाज र एमएमसी (मननाइट सेन्ट्रल) नेपालको सहयोगमा प्रदान गरिएको करिब रु सात लाख मूल्य बराबरको कम्बललगायतका अन्य कपडा वितरण गर्नुभयो ।

मोरङ क्षेत्र नं ५ बाट विजयी हुनुभएका सांसद शिवकुमार मण्डलले कम्बल वितरण गर्दै यस क्षेत्रका जनतालाई आउँदा दिनमा रोजगारीमूलक कार्यक्रम सञ्चालन गरी आफैँ सक्षम बनाउन लाग्नुपर्ने बताउनुभयो ।
मोरङ प्रदेशसभा सदस्य जयराज यादवले यस क्षेत्रमा रोजगारीमुलुक कार्यक्रमको सञ्चालन गरी जनतालाई समक्ष बनाउने आवश्यकत्तामा जोड दिनुभयो ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सोही गाउँपालिकाका उपाध्यक्ष सालो साह, वडा नं २ र ३ का अध्यक्ष क्रमशः राजेश श्रेष्ठ, अनिल ठाकुर र भ्रातृ सामुदायिक कल्याण समाजका निर्देशक शेमलाल हेमरम, उपाध्यक्ष पिटर मोहन लिम्बू तथा गणेश साहले आगामी दिनमा शिक्षालगायतका अन्य कार्यक्रम गर्ने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!