नयाँपत्रिका

काठमाडौं, १५ माघ। उद्योगपति विनोद चौधरीले सुनसरीको गढी गाउँपालिका–२ औराबनीमा ‘सिजी इन्डस्ट्रियल पार्क’ निर्माण गर्ने भएको छ ।

Advertisement

चौधरी ग्रुपका सञ्चालक रहेका चौधरीले ७ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्न लागेको पार्कको शिलान्यास आइतबार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका सचिव तथा पूर्वपर्यटनमन्त्री भीम आचार्य र उद्योगपति चौधरीले संयुक्त रूपमा गरेका छन् ।

चौधरी ग्रुपले नवलपरासीमा सञ्चालन गरिरहेको औद्योगिक ग्रामपछि यो उनको सबैभन्दा ठूलो लगानीको उद्योग हो । चौधरीका पिता लूनकरणदास चौधरीले सुनसरीको दुहबीमा ४३ वर्षअघि पशुपति बिस्कुट उद्योग सञ्चालन गरेका थिए । यो बिस्कुट अहिलेसम्म पनि निक्कै लोकप्रिय छ । त्यसको ४३ वर्षसम्म चौधरी समूहले सुनसरीमा कुनै लगानी गरेका थिएनन् ।

सुनसरीबाट नै उद्योगको यात्रा सुरु गरेको चौधरी ग्रुपले अहिले युरोपका देशहरूमा समेत आफ्नो उत्पादन सुरु गरिसकेको छ । ४३ वर्षपछि नयाँ औद्योगिक पूर्वाधार बनाउन पाउँदा आफूलाई खुसी लागेको चौधरीले बताए । उनका अनुसार यो पार्कबाट पहिलो चरणमा वाइवाइ चाउचाउ उत्पादन हुनेछ । उनले भने, ‘यो पार्क २७ वर्षअघि नवलपरासीमा स्थापित औद्योगिक ग्रामको जस्तै रहनेछ ।

यहाँबाट नुडल्सका साथै बियर, जुसलगायतका सामग्री उत्पादन हुनेछ ।’ औद्योगिक ग्रामको पहिलो चरणमा करिब एक अर्बको लगानी रहनेछ । मास्टर प्लानअनुसार सात सय करोडको लगानीमा पार्क बन्ने वरिष्ठ महाप्रबन्धक नारायण श्रेष्ठले बताए । औद्योगिक ग्रामबाट २०७५ दसैँदेखि वाइवाइको उत्पादन थालिने भएको छ ।

फस्र्ट फेजमा ५ लाख प्याकेट वाइवाइ बजार पुर्‍याउने योजना छ । यसका लागि ३ सय कामदारले प्रत्यक्ष रोजगार पाउनेछन् । २२ बिघा क्षेत्रफलमा फैलिएको पार्क प्रदेशको मात्र नभई मुलुककै ठूलो लगानी भएको उनको भनाइ छ । सबै प्रदेशमा उद्योग स्थापनाको अवधारणा ल्याएका छन् । उनले राज्यको अधिकांश क्षेत्रमा चौधरी ग्रुप नपुगेसम्म अन्तर्राष्ट्रिय उपस्थितिको कुनै अर्थ नरहने उनको तर्क छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!