इलाम, १२ माघ।  कृषिउपज अलैँची, अदुवा, चिया र दुग्ध पदार्थको व्यावसायिक प्रवद्र्धनका लागि जवाफदेही र जिम्मेवार व्यापार व्यवसाय, अधिकार र व्यावसायिक सुशासनबारे आलेख र रिपोर्ट लेखेबापत इलामका पाँचजना पत्रकारलाई लेखनवृत्ति प्रदान गरिएको छ ।

लेखनवृत्ति पाउनेमा इलाम पोष्ट दैनिकका सन्तोष नेम्बाङ, एभिन्यूज टेलिभिजनका याम मावोहाङ, चियाबारी एफएमकी बन्दना राई, उज्यालो रेडियो नेटवर्ककी सुजाता सुनुवार, माङसेबुङ मासिक खबर पत्रिकाकी ज्ञानु केदेम रहेका छन् ।

Advertisement

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले मिडिया लेखनवृत्ति कार्यक्रमअन्तर्गत उनीहरूलाई रु ३०/३० हजारको चेक दिएको छ ।

डेनमार्क राजदूतावासको आर्थिक सहयोगमा इलामसहित पूर्वका सात जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाको आइएलओद्वारा सञ्चालित च्यालेन्ज एड्भोकेसी फण्ड (चुनौती वकालत कोष) ले यहाँका पाँचजना आदिवासी जनजाति पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!