- देवकला कार्की/संगालोखबर

धनकुटा, ११ माघ । धनकुटामा यही माघ २९ गतेदेखि सुरु हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं चौथो धनकुटा महोत्सवको तयारी तिव्र पारिएको छ ।

आयोजक धनकुटा उद्योग बाणिज्य संघले आज पत्रकार सम्मेलन गरी माघ २९ देखि फागुन १० गतेसम्म हुँने महोत्सवको तयारी तिव्र पारिएको जानकारी दिएको हो ।

घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु एवं कृषि उपज लगायत नेपाल व्यापार एकीकृत रणनीति एनटीआईएसमा रहेका वस्तुहरुको प्रचारप्रसार तथा प्रर्बद्धन गर्ने उद्देश्यले मेला, प्रदर्शनी एवं महोत्सव गर्न लागिएको उद्योग वाणिज्य सघंका अध्यक्ष एवं महोत्सव आयोजक समिति संयोजक उमेश घिमिरेले जानकारी दिए ।

महोत्सवका बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्वीर:रबिन कटेल/संगालोखबर

उनका अनुसार व्यापार मेला तथा महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड वढिको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ ।

प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सवको मुख्य आकर्षणमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश वस्तुको प्रर्दशनी, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिबुटीको प्रर्दशन, घरेलु उद्योगवाट उत्पादित वस्तु तथा कला, सँस्कृति झल्कने कार्यक्रम तथा वस्तुको प्रर्दशनी रहेको छ ।

यस्तै स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम, बालबालिकाका लागि बाल उद्यान पनि महोत्सवको आकर्षणको रुपमा रहेका छन् । महोत्सवमा प्रर्दशनी स्थल १ सय २५ र फुड स्टल २५ गरि १ सय ५० स्टल रहनेछन् ।

महोत्सवका बिषयमा बताउँदै आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष घिमिरे । तस्वीर:रबिन कटेल/संगालोखबर

महोत्सवमा करिव ५९ लाख खर्च लाग्ने अनुमान गरिएको आर्थिक व्यवस्थापन समिति संयोजक रोशेष श्रेष्ठले जानकारी दिए ।

महोत्सवलाई सफल पार्न उद्योग बाणिज्य सघंका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा १ सय १ सदस्यीय मुल आयोजक समिति र १४ उपसमिति गठन गरिएको सदस्य सचिव जयन्द्र प्रधानले बताएका छन् ।

धनकुटामा २०६५, ६८ र ७१ सालमा पनि औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं धनकुटा महोत्सव भएको थियो ।

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्….

धनकुटा महोत्सव तथा प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी एवं ब्यापार मेला हुँने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!