बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ

बालिका जबर्जस्ती करणी अभियोगमा पक्राउ

ताप्लेजुङ, ९ चैत। एउटै घरमा डेरा गीर बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। स्थानीय फुङलिङ नगरपालिका–२ मा डेरा गरी बस्दै आएका राईले सोही घरमै डेरा ...
हिलेमा फुड फेष्टिवलको तयारी तिव्र, उद्घाटन गर्न पर्यटन मन्त्री आउँने

हिलेमा फुड फेष्टिवलको तयारी तिव्र, उद्घाटन गर्न पर्यटन मन्त्री आउँने

धनकुटा, ८ चैत । धनकुटाको ब्यापारिक केन्द्र हिले बजारमा हुन लागेको पहिलो हिले फुड फेष्टिवलको तयारी तिव्र पारिएको छ । हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन धनकुटाको संयुक्त आयोजनामा चैत ११ देखि १५ गतेसम्म फेष्टिवल गर्ने तयारी गरिएको छ । आयोजकले बिहीबार हिलेमा पत्रकार सम्मेलन गरेर फेष्टिवलको तयारी तिव्र रुपमा भईरहेको जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन र स्थानी...
बेलहाराका आगलागी पीडितलाई सहयोग

बेलहाराका आगलागी पीडितलाई सहयोग

धनकुटा, ८ चैत । धनकुटा–९ वेलहाराका आगलागी पीडितलाई सामुदायिक वन उपभोक्ता नगर महासंघले आर्थिक सहयोग गरेको छ । धनकुटामा आज राहत वितरण कार्यक्रम आयोजना गरि आगलागी पीडित ६ परिवारलाई आर्थिक सहयोग गरिएको हो । आगलागीका कारण घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएका मानबहादुर राई, गोपाल भण्डारी, धुव्र भण्डारी र मुखजित राईलाई ५/५ हजारका दरले रकम प्रदान गरिएको छ । यता घरमात्र जलेर नष्ट भएका मनमाया राई र कुलवहादुर ...
विषादी भेटिए पनि कारबाही भएन

विषादी भेटिए पनि कारबाही भएन

काँकडभिट्टा, झापा ८ चैत ।  तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुनथालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरक...
प्रभावितलाई क्षतिपूर्ति दिन सोलुखोला जलविद्युत् आयोजना सहमत

प्रभावितलाई क्षतिपूर्ति दिन सोलुखोला जलविद्युत् आयोजना सहमत

सल्लेरी, सोलुखुम्बु ८ चैत ।  तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा नं ११ तिलांमा भएको छलफलमा प्रभावित क्षेत्रका नागरिकको खेतीबालीमा पुगेको क्षति मूल्यांकन गरी प्रति रोपनी २५ हजारका दरले आयोजनाको तर्फबाट सम्बन्धित जग्गाधनीलाई रकम प्रदान गर्ने सहमति ...
मोरङको गोही होलीमा निर्माणधिन पुल शिलान्यास

मोरङको गोही होलीमा निर्माणधिन पुल शिलान्यास

पथरी, मोरङ, ८ चैत ।  स्थानीय पथरीशनिश्चरे  पिपलचोक भोटेघुम्तीस्थित गोही होलीमा पुल निर्माण हुने भएको छ । नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष डम्बर चेम्जोङ, इन्जिनियर कृष्णप्रसाद कोइरालासहितले सो पुल शिलान्यास गरे। नगरपालिकाको नगर विकास योजनाअन्तर्गत रु ३५ लाख, उपभोक्ताबाट  पाँच लाख २५ हजार र जनश्रमदानबापतको रु ५...
धनकुटामा पाँच जिल्लाका पत्रकारलाई सिकाइयो सुशासन र भ्रष्ट्राचारको समाचार लेखन सीप

धनकुटामा पाँच जिल्लाका पत्रकारलाई सिकाइयो सुशासन र भ्रष्ट्राचारको समाचार लेखन सीप

धनकुटा, ७ चैत्र । धनकुटामा पूर्वका पाँच जिल्लाका पत्रकारलाई सुशासन र भ्रष्ट्राचार सम्बन्धि समाचार लेखन तालिम दिईएको छ । धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर र सुनसरीका पत्रकारलाई स्थानीय सरकारको अधिकार, सुशासन र भ्रष्ट्राचार सम्बन्धि विषयमा समाचार संकलन एवं लेखन तालिम दिईएको हो । तालिममा राज्य पुन संरचना आयोगका पूर्वअध्यक्ष वालान्नद पौडेलले संघ, प्रदेश तथा स्थानीय तहको अधिकार क्षेत्रसहित संबैधानिक...
यसरी सकियो ‘नोबेल स्पोर्टस फियस्टा’ (फोटो फिचरसहित)

यसरी सकियो ‘नोबेल स्पोर्टस फियस्टा’ (फोटो फिचरसहित)

विराटनगर, ७ चैत । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् । १० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, क्रिकेट, भलिवल, फुटसल, ब्याडमिन्टन, म्याराथन, गायन, नृत्य, चित्रकला, कविता, निवन्ध लगाय...
प्रदेश १ को बजेट चैत १५ पछि, आज आर्थिक कार्यबिधि ऐन पेश हुने

प्रदेश १ को बजेट चैत १५ पछि, आज आर्थिक कार्यबिधि ऐन पेश हुने

विराटनगर,७ चैत  । प्रदेश १ सरकारले आर्थिक वर्ष ०७४/७५ का लागि नियमित बजेट आगामी चैत १५ गते ल्याउने तयारी गरेको छ । तर, बजेट ल्याउने प्रक्रियाका ढिलाइ हुँदा तोकिएकै समयमा बजेट नआउने भएको छ । प्रदेश सरकारले गएको २० फागुनमा मन्त्री परिषद्को बैठक बसी बजेट ल्याउने निर्याण गरेको थियो । तर, ऐन कानू्न निमार्ण लगायतका अल्झनका कारण सरकारको तोकेको समयमा बजेट ल्याउन सरकारले असफल देखिएको हो । आर्थिक मार्मिला ...
कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने– मन्त्री पण्डित

कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने– मन्त्री पण्डित

विराटनगर, ७ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्ति रुपमा रहेको निजामती कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चिकित्सकको सफारिसमा मात्र शारीरिक एवं मानसिकरुपमा अशक्त कर्मचारीलाई मात्र स्वच्छिक अवकाश दिन सकिने प्रष्ट पार्नुभयो । उहाँले सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने...
पाख्रीवासमा पूर्वकै पहिलो कृषि क्याम्पस सञ्चालनको तयारी

पाख्रीवासमा पूर्वकै पहिलो कृषि क्याम्पस सञ्चालनको तयारी

धनकुटा, ७ चैत । धनकुटाको पाख्रीवासमा पूर्वी नेपालकै पहिलो कृषि क्याम्पस संचालन हुने भएको छ । यहि शुक्रवारदेखि पठनपाठन हुने पाख्रीवास कृषि क्याम्पसमा अध्ययनका लागि ५२ जना विद्यार्थी भर्नासमेत भईसकेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय रामपुर चितवन अन्तरगत प्राकृतिक श्रोत व्यवस्थापन कलेज पाख्रीवास (आंगिक) कृषि संकायमा पढाई हुनेछ । चैत ९ गतेदेखि पाख्रीवास कृषि क्याम्पसमा डिप्लोमा तहक...
विद्यालयमा छात्रा आफैँ सेनेटरी प्याड बनाउँछन्

विद्यालयमा छात्रा आफैँ सेनेटरी प्याड बनाउँछन्

उर्लाबारी, मोरङ, ७ चैत । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफैँले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आउनुभएको छ । लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारी हुने समयमा विद्यालयमै बनाइएको सेनेटरी प्याड पूर्ण सरसफाइका साथ प्रयोग गर्दै आएका छन् । कक्षा ७ मा अध्ययनरत अञ्जली निरौला भन्नुहुन्छ...
झापाको सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थको उत्पादन

झापाको सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थको उत्पादन

बनियान, झापा, ७ चैत । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिट...
सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै

सामाजिक जनशक्ति तयार गर्न नीति बन्दै

इटहरी, ७ चैत ।  प्रदेश नं १ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले समाजप्रति निष्ठाका साथ सेवा गर्न तयार हुने जनशक्तिको आँकलन गरी शैक्षिक जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले चाँडै नीति र योजना बनाउने तयारी गरिरहेको जानकारी दिनुभएको छ । मन्त्री घिमिरेले विश्व सामाजिक सेवा दिवसका अवसरमा ग्रिनपिस एकेडेमी विद्यालयका सामाजिक कार्य विषयका विद्यार्थीको सक्रियतामा मंगलबारदेखि दुई दिनसम्म सञ...
प्रदेश १ मा यस्तो छ राजस्व चुहावटको अवस्था

प्रदेश १ मा यस्तो छ राजस्व चुहावटको अवस्था

विराटनगर, ६ चैत । विराटनगर रानीस्थित भन्सार कार्यालय प्रदेश १ को मुख्य र देशकै चोथो ठूलो भन्सार नाका हो । चालू आर्थिक वर्षमा ३१ अर्ब २४ करोड ४८ लाखबराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको यो भन्सार औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामग्री आयात गर्ने मुख्य नाका हो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म यस भन्सारले १९ अर्ब ३३ करोड रुपैयाँ राजस्व असुली गरिसकेको छ । भन्सार कार्यालयका प्रवक्ता सुशीलकुमा...
पूर्वबाट एक लाख बिद्यार्थीले एसईई परीक्षा दिने, दुई हजार बिद्यार्थी परीक्षाबाट बञ्चित

पूर्वबाट एक लाख बिद्यार्थीले एसईई परीक्षा दिने, दुई हजार बिद्यार्थी परीक्षाबाट बञ्चित

धनकुटा, ६ चैत । बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा पूर्वी नेपालबाट एक लाख भन्दा बढी विद्यार्थी सहभागि हुने भएका छन् । सप्तरी र सिरहासहित प्रदेश नम्बर १ का १४ जिल्लाबाट १ लाख ३ हजार ३ सय ४० विद्यार्थी परीक्षामा सामेल हुने पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाले जनाएको छ । प्रदेश नम्बर १ बाट मात्र ८३ हजार ८ सय ६६ विद्यार्थी परीक्षामा सहभागि हुदैछन् । मुलुक संंघीय संरचनामा गएपनि एसईई परीक...
नोबेलद्वारा बृद्धबृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

नोबेलद्वारा बृद्धबृद्धालाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

लेटाङ, ६ चैत । बृद्धबृद्धालाई लक्षित गरी मोरङको लेटाङ नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा जेष्ठ नागरिक एकता समन्वय केन्द्रले शिविर आयोजना गरेको हो । स्थानीय लेटाङ माध्यमिक बिद्यालय परिषरमा भएको शिविरबाट १ हजार १ सय ५५ जना विरामीले निःशुल्क उपचार पाएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ...
काँकडभिट्टा नाकामा विषादी जाँच्न शुरु

काँकडभिट्टा नाकामा विषादी जाँच्न शुरु

काँकडभिट्टा, ६ चैत ।  पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ । आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो । संयुक्त टोलीले काँकडभिट्टा प्रवेशद्वारमै पुगेर भारतबाट साइकल र ठेलामार्फत भित्रिएका करेला, काँक्रा, ब्रोका...
झापामा बेहुलो भाग्दा तिर्नुपर्यो ३५ लाख जरिवाना

झापामा बेहुलो भाग्दा तिर्नुपर्यो ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै  ३५ लाख जरिवाना तिर्नुभएको छ । बुद्धशान्ति गाउँपालिकाको ...
चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने

चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने

पाँचथर, ६ चैत । दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ । जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिनुभयो । चौँरी महोत्सवमा नेपाल भारत र भूटानबाट समेत गरी ५०० भन्दा बढी चौरीको प्रद...
धनकुटामा आतंक मच्चाएको भन्दै नेकपाका केन्द्रिय सदस्यसहित ८ जना पक्राउ

धनकुटामा आतंक मच्चाएको भन्दै नेकपाका केन्द्रिय सदस्यसहित ८ जना पक्राउ

धनकुटा, ६ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्य कोशी व्यूरो इन्चार्ज किरण राईसहित ८ जनालाई सोमबारराति प्रहरीले हिले बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा ईन्चार्ज आकाश शर्मा भनिने माधव गौतम, संखुवासभा ईन्चार्ज समुल लगायत रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । स्थानीय तह ...
अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा

अग्नि पीडित क्षेत्र–रोगको संक्रमणको खतरा

इटहरी, ६ चैत। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ । आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी प्रयोगका लागि गाडिएको चापाकलसमेतले काम गर्न नसक्ने भएपछि अग्नि पीडित परिवारले स्वच्छ पिउने पानी नपाएको पी...
यूएस बंगला विमान दुर्घटनामा परेका घाईतेका लागि नोबेलमा रक्तदान

यूएस बंगला विमान दुर्घटनामा परेका घाईतेका लागि नोबेलमा रक्तदान

विराटनगर, ५ चैत । गत साता काठमाण्डौंमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । घाईतेहरुको उपचारकालागि आवश्यक रगत जुटाउँन साताब्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालले जनाएको छ । गत बिहीबारबाट सुरु भएको रक्तदान कार्यक्रम आगामी बुधबारसम्म चल्नेछ । बिरामीको उपचारमा सहयोगका लागि दैनिक रक्तदान भईरह...
भोजपुरका ११ विद्यालयमा ई-लाइब्रेरी जडान हुँदै

भोजपुरका ११ विद्यालयमा ई-लाइब्रेरी जडान हुँदै

भोजपुर, ५ चैत । विद्यार्थीको पठनपाठनलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री सिकाइलाई प्रोत्साहित गर्ने उद्देश्यले भोजपुरका ११ वटा विद्यालयमा विद्युतीय पुस्तकालय शुरु गरिएको छ । जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिकाका-९ वटा सामुदायिक विद्यालयमा, इलेक्टि्रक पुस्ताकालयको जडान कार्य शुरु गरीएको हो । ई-लाइब्रेरी जडानका लागि हतुवागढी गाउँपालिकामा रहेका ९ वटा विद्यालयका लागि गाउँपालिकाबाट ७५ हजारका दर...
प्रदेश १ मा लगानी भित्रिने मुख्यमन्त्री राईको विश्वास

प्रदेश १ मा लगानी भित्रिने मुख्यमन्त्री राईको विश्वास

विराटनगर, ५ चैत ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको छ । लगानी बोर्ड र प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज यहाँ गरेको छलफल कार्यक्रममा उहाँले प्रदेश नं १ मा विदेशी तथा स्वदेशी लगानी भित्र्याउन सहज हुने गरी प्रदेश सरकारले ऐन कानून ल्याउन लागेको जानकारी पनि दिनुभयो । मुख्य मन्त्र...
धनकुटामा वडामै गएर अपाङ्गता परिचयपत्र वितरण

धनकुटामा वडामै गएर अपाङ्गता परिचयपत्र वितरण

धनकुटा, ५ चैत । धनकुटा नगरपालिका–५ का अपाङ्गता भएका व्यक्तिहरुलाई वडामै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । अपाङ्ग सेवा संघ धनकुटाको आयोजनामा वडामै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । ‘क’ वर्गका दुई जना, ‘ख’ वर्गका नौ जना र ‘ग’ वर्गका ४ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । दुई जनाको जन्मदर्ता पनि गरिएको छ । वडाध्यक्ष धनकुमार राईको प्रमुख आतिथ्यतामा जिल्ला अस्पताल धनकुटाका डा. त...
हिलेमा खाना महोत्सव हुने

हिलेमा खाना महोत्सव हुने

धनकुटा, ५ चैत । धनकुटाको हिले बजारमा यहि चैत ११ गतेदेखि खाना महोत्सव हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले रामनवमीको अवसर पारेर चैत ११ देखि १५ गतेसम्म फुड फेष्टिबल अर्थात खाना महोत्सव गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एशोसिएसन धनकुटाको संयुक्त आयोजनामा फुड फेष्टिबल गर्न लागिएको संयोजक खगेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार अर्गानिक स्था...
सुरक्षालाई प्रविधिमा जोड्दै प्रहरी

सुरक्षालाई प्रविधिमा जोड्दै प्रहरी

सुरुङ्गा, झापा, ५ चैत । प्रहरीले प्रमाणसहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान गरेको छ । दिन प्रतिदिन बिर्तामोडमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीय निकाय, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाको सहयोगमा प्रहरीले पूर्व–पश्चिम राजमार्गसहित बिर्तामोडका प्रत्येक टोल–टोलमा सिसी क्यामेरा जडान गरेको हो । झण्डै रु ३० ला...
चुवाको बोटमा २८ लाखको पार्क निर्माण हुँदै

चुवाको बोटमा २८ लाखको पार्क निर्माण हुँदै

धनकुटा, ५ चैत । धनकुटाको मुटु भनेर चिनिने चुवाको बोट चौकमा २८ लाखको लगानीमा पार्क निर्माण भइरहेको छ । घुम्न आउनेहरुलाई मनोरञ्जन लिँदै जाडोमा घाम ताप्ने तथा गर्मिमा शितल लिने ठाउँ बनाउने उदेश्यले पार्क निर्माण भइरहेको हो । दुई वटा कलशमा पानीको फोहोरा निर्माण भइरहेको छ । एक फोहोरा माथि भगवान शिवको मूर्ति र अर्को फोहोरा माथि गौतम बुद्धको मूर्ति बन्दैछ । चुवाको बोट फेदमा मनोरञ्जनात्मक कृत्रिम माछा घर...
ट्र्याक्टरले किचेर चालकको मृत्यु

ट्र्याक्टरले किचेर चालकको मृत्यु

उर्लाबारी, मोरङ, ५ चैत । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबार...
पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

गाईघाट, उदयपुर, ५ चैत । प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले रु नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य शुरु गरेको बेलका नगरपालिकाका प्रमुख...
error: Content is protected !!