- ईश्वर थापा/संगालोखबर

धनकुटा, ८ चैत । धनकुटाको ब्यापारिक केन्द्र हिले बजारमा हुन लागेको पहिलो हिले फुड फेष्टिवलको तयारी तिव्र पारिएको छ । हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन धनकुटाको संयुक्त आयोजनामा चैत ११ देखि १५ गतेसम्म फेष्टिवल गर्ने तयारी गरिएको छ ।

आयोजकले बिहीबार हिलेमा पत्रकार सम्मेलन गरेर फेष्टिवलको तयारी तिव्र रुपमा भईरहेको जानकारी दिएको हो । पर्यटन प्रवद्र्धन र स्थानीय खानाका परिकारको प्रचारप्रसारमा सहयोग पुर्याउँने उद्धेश्यले रामनवमीको अवसर पारेर फेष्टिवल गर्न लागिएको आयोजक समिति अध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए ।

Advertisement
फेष्टिवलको जानकारीका लागि आयोजित पत्रकार सम्मेलन । तस्वीर : देवकला कार्की/संगालोखबर

यता फेष्टिवल प्रचारप्रसार समिति संयोजक दीपक घिमिरेले जिल्लाको पर्यटन प्रर्वद्धनमा हिलेको ठुलो भूमिका रहेकाले अझै प्रचारप्रसार गरी पर्यटनसँगै आर्थिक विकासका लागि पनि फेष्टिवल महत्वपूर्ण हुने तर्क गरे । उनका अनुसार फेष्टिवलमा विभिन्न जातिय परिकार, अर्गानिक खाना, स्थानीय कृषि उत्पादन लगायतका करिव २० वटा स्टल राखिने छ ।

फेष्टिवल उद्घाटनका लागि पर्यटन मन्त्री जगदिश कुशसाह आउँने आयोजकले जनाएको छ । उद्घाटनका अवसरमा रामसीता र हनुमानको मुर्तिसहितको रथयात्रा निकालिनेछ । पाँच दिनसम्म चल्ने फेष्टिवलमा करिब ५० हजार पर्यटक भित्र्याएर एक करोड भन्दा बढीको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष्य छ ।

फेष्टिबलमा राष्ट्रिय र स्थानीय कलाकारको साथमा दैनिक साँस्कृतिक कार्यक्रम हुनेछ । बाह्रै महिना चिसो मौसम हुने हिले बजार पर्यटनका हिसावले आकर्षक गन्तब्यको रुपमा चिनिन्छ ।

यसअघि प्रकाशित समाचार …

हिलेमा खाना महोत्सव हुने

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!