ईश्वर थापा/संगालोखबर

धनकुटा, ५ चैत । धनकुटाको मुटु भनेर चिनिने चुवाको बोट चौकमा २८ लाखको लगानीमा पार्क निर्माण भइरहेको छ । घुम्न आउनेहरुलाई मनोरञ्जन लिँदै जाडोमा घाम ताप्ने तथा गर्मिमा शितल लिने ठाउँ बनाउने उदेश्यले पार्क निर्माण भइरहेको हो ।

दुई वटा कलशमा पानीको फोहोरा निर्माण भइरहेको छ । एक फोहोरा माथि भगवान शिवको मूर्ति र अर्को फोहोरा माथि गौतम बुद्धको मूर्ति बन्दैछ । चुवाको बोट फेदमा मनोरञ्जनात्मक कृत्रिम माछा घर इकोरियम बन्दैछ । त्यस्तै सो क्षेत्रको वरिपरि मानिसहरु बस्ने तथा रमाउने स्थल बनाउने तयारी रहेको धनकुटा नगरपालिका–७ का वडाध्यक्ष जंगबहादुर राईले बताए ।

Advertisement

धनकुटा नगरपालिका–७ को वडा स्तरिय कार्यक्रम अनुसार धनकुटामा रहेको ऐतिहासिक चुवाको बोटलाई रक्षा गर्ने र स्थानीय तथा आन्तरिक पर्यटकलाई चुवाको बोटको ऐतिहासिकता चिनाउने उदेश्यले पार्क निर्माण गर्न थालिएको हो ।

स्थानीयवासी तथा आन्तरिक पर्यटकलाई लक्षित गरी बन्दै गरेको पार्कको करिव ५० प्रतिशत भन्दा बढी काम पुरा भएको छ । यहि नयाँ वर्षमा पार्क निर्माण सम्पन्न हुने वडाध्यक्ष राईले जानकारी दिए । धनकुटा आउने पर्यटकलाई रमाउने थलो नभएकाले पार्क बनाउने योजना बनेको उनको भनाई छ । उनका अनुसार धनकुटाबासीका लागि पनि पार्कमा रम्ने वातावरण बनाईनेछ ।

स्थानीय तहको लगानीमा पार्क बन्न लागेपछि स्थानीयवासी पनि खुशी छन् । पार्क निर्माणले अन्य सम्भावनाहरु पनि देखाएको स्थानीयवासी मणि घिमिरेले बताए । स्थानीय स्तरमा यस्ता पार्कहरु बन्नु स्थानीयवासीका लागि खुशीको कुरा भएको घिमिरेको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!