- देवकला कार्की/संगालोखबर

धनकुटा, ५ चैत । धनकुटा नगरपालिका–५ का अपाङ्गता भएका व्यक्तिहरुलाई वडामै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । अपाङ्ग सेवा संघ धनकुटाको आयोजनामा वडामै गएर अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।

‘क’ वर्गका दुई जना, ‘ख’ वर्गका नौ जना र ‘ग’ वर्गका ४ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । दुई जनाको जन्मदर्ता पनि गरिएको छ ।

वडाध्यक्ष धनकुमार राईको प्रमुख आतिथ्यतामा जिल्ला अस्पताल धनकुटाका डा. तोर्णराज कटुवाल, महिला तथा वालवालिका कार्यालयका निमित्त महिला विकास अधिकृत निरा चापागाई, राष्ट्रिय अपाङ्ग महासघंका केन्द्रिय सदस्य यमवहादुर वस्नेत, जिल्ला उपाध्यक्ष प्रेम तुम्वाहाङ्ग, कार्यालय सचिव भगवती कार्की र वडा सचिव मञ्जु कार्कीसहितको टोलीले अपाङ्गता परिचयपत्र तथा जन्मदर्ता वितरण गरेको हो ।

वडावाटै अपाङ्गता परिचयपत्र पाएपछि अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन् । ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएकी स्थनीय राजकुमारी श्रेष्ठले आफ्नो ठाउँवाट परिचयपत्र पाउँदा खुशी लागेको प्रतिक्रिया दिएकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!