ईश्वर थापा/संगालोखबर

धनकुटा, ६ चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्य कोशी व्यूरो इन्चार्ज किरण राईसहित ८ जनालाई सोमबारराति प्रहरीले हिले बजारबाट पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा नेकपाका कोशी व्यूरो सदस्य सागर भनिने दिप्सन लिम्बु, धनकुटा ईन्चार्ज आकाश शर्मा भनिने माधव गौतम, संखुवासभा ईन्चार्ज समुल लगायत रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

स्थानीय तह खाली गर्न भन्दै नगरपालिका र गाउँपालिकामा पत्र पठाएको र चन्दा आतंक मच्चाएकाले उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार अहिलेको राज्य ब्यवस्था काम नलाग्ने भन्दै स्थानीय तह खाली गर्नका लागि पाख्रीवास नगरपालिका र सहीदभूमी गाउँपालिकामा नेकपाले पत्र पठाएको छ ।

सोहि बिषयमा बैठक बसिरहेका वेला हिलेको होटल हिले भ्यूबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतमले बताएका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यसैबीच विनाकारण आफ्ना नेता–कार्यकर्ता पक्राउ गरेको भन्दै नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीले आपत्ति जनाउँदै बिनाशर्त रिहाईको माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!