- संगालोखबर सम्वाददाता

विराटनगर, ५ चैत । गत साता काठमाण्डौंमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परेका घाईतेहरुको उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम गरिएको छ । घाईतेहरुको उपचारकालागि आवश्यक रगत जुटाउँन साताब्यापी रक्तदान कार्यक्रम आयोजना गरिएको नोबेल अस्पतालले जनाएको छ ।

गत बिहीबारबाट सुरु भएको रक्तदान कार्यक्रम आगामी बुधबारसम्म चल्नेछ । बिरामीको उपचारमा सहयोगका लागि दैनिक रक्तदान भईरहेको छ । बुधबारसम्म रगत संकलन गरेर आवश्यकता अनुसार घाईतेहरुको उपचार भईरहेका अस्पतालहरुमा पठाईने रक्तसंचार सेवा यूनिट नोबेलका ईन्चार्ज भगवान शाहले जानकारी दिए । उनका अनुसार नोबेलका डाक्टर, विरामीका आफन्त, बिद्यार्थी लगायतले रक्तदान गर्दै आएका छन् ।

Advertisement
नोबेल अस्पतालमा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिदै ।

यसैवीच विमान दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलीका लागि नोबेल अस्पतालमा श्रद्धाञ्जली कार्यक्रम पनि गरिएको छ । अस्पतालका चिकित्सक, कर्मचारी, विद्यार्थी लगायतले नोबेल अस्पताल परिषरमा कार्यक्रम गरेर मृतकहरुप्रति श्रद्धाञ्जली ब्यक्त गरेका हुन् ।

माघ २८ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु हुनुका साथै २२ जना घाईते भएका छन् । घाईतेहरुको राजधानीको नर्भिक, शिक्षण लगायत अस्पतालमा उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!