- संगालोखबर सम्वाददाता

उदयपुर, १७ जेठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार साँझ वर्षासंगै परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते छन् ।

Advertisement

चट्याङ लागेर लिम्चुङबुङ–२ ताम्लिछा गैरीगाउँका ६३ वर्षीय धनप्रताप राई, ८ वर्षीया बिष्णुमाया भुजेल र ११ बर्षीय कौशल भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

चट्याङ लागेर ६ बर्षीय रिजकु भुजेल घाईते भएका छन् । घाईतेलाई उपचारका लागि सदरमुकाम गाईघाट ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।

स्थानीय कृषबहादुर भुजेलको घरको दलानमा बसिरहेका वेला चट्याङ परेको थियो ।

हावाहुरीसँगै पानी पर्न थालेपछि ओत लागेर बसीरहेको अवस्थामा सोलारबत्ति बाल्न लाग्दा सोलारमा चट्याङले हानेर मान्छेलाई लागेको हुनसक्ने वडाध्यक्ष भविन्द्रकुमार राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!