तेह्रथुम, १७ जेठ । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५/७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ ।

Advertisement

सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ ।

आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा सानो स्थानीय तह हो । यस्तै, सरकारले म्याङलुङ नगरपालिकाका लागि रु २३ करोड ३६ लाख, लालीगुराँस नगरपालिकामा रु २१ करोड २७ लाख, छथर गाउँपालिकामा रु २० करोड ३२ लाख र फेदाप गाउँपालिकामा रु २० करोड ३५ लाख बजेट विनियोजन गरेको छ ।

सरकारले छुट्याएको बजेटमा प्रदेश नं १ का १४ वटा जिल्लामध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने जिल्लामा तेह्रथुम परेकोे छ ।

सबैभन्दा बढी बजेट भने मोरङ जिल्लाका लागि छुट्याइएको छ । प्रदेश नं १ का जिल्लामध्ये ताप्लेजुङका लागि रु एक अर्ब ९६ करोड ५७ लाख, पाँचथरमा रु एक अर्ब ९० करोड २८ लाख, इलाममा रु दुई अर्ब ४८ करोड ९३ लाख, झापामा रु चार अर्ब ८० करोड २४ लाख र संखुवासभाका लागि रु दुई अर्ब १७ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, धनकुटाका लागि रु एक अर्ब ६४ करोड ६३ लाख, भोजपुरमा रु एक अर्ब ९१ करोड ३३ लाख, सुनसरीमा रु तीन अर्ब ९५ करोड ९२ लाख र मोरङमा रु पाँच अर्ब ३० करोड ८२ लाख विनियोजन गरेको छ ।

प्रदेश नं १ कै सोलुखुम्बुमा रु एक अर्ब ६१ करोड ९८ लाख, खोटाङमा रु दुई अर्ब २७ करोड २९ लाख, उदयपुरमा रु दुई अर्ब ४३ करोड तीनलाख र ओखलढुंगामा रु एक अर्ब ७२ करोड २५ लाख विनियोजन भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!