संगालोखबर सम्वाददाता

धनकुटा, १७ जेठ । धनकुटा नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालित दुई वटा सिपमुलक तालिमको अनुगमन गरिएको छ ।

Advertisement

स्विस कन्ट्याम्टको सहयोगमा पाथीभरा हिमालयन पोलिटेक्निक इस्टिच्युट इटहरीको आयोजना तथा जिल्ला युवा समितिको संयोजनमा सञ्चालित तीन महिने विल्डिङ वाइरिङ तालिम र तीन महिने सिलाई बुनाई तालिमको अनुगमन गरिएको हो ।

जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छारा, पाथीभरा हिमालयन पोलिटेक्निक इस्टिच्युटका जिल्ला कोर्डिनेटर माधव केसी लगायतको टोलीले तालिमको अनुगमन गरेको हो ।

युवाहरुलाई सिपमुलक तालिम दिई स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्न तालिम सञ्चालन गरिएको जिल्ला युवा समितिका अध्यक्ष छाराले बताए ।

धनकुटा नगरपालिका–७ बसपार्कमा विल्डिङ इलेक्ट्रीसियन तालिम आगामी २० गतेसम्म चल्नेछ भने ६ नम्बर वडाको ड्रेस मेकर तालिम अनुगमनसँगै समापन गरिएको छ ।

विल्डिङ वाइरिङ तालिममा ९ जना सहभागि छन भने सिलाई बुनाइ तालिममा २० जना सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!