कोकिला भण्डारी/संगालोखबर

धनकुटा, १७ जेठ । गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार धनकुटाबाट पाँच जना कैदीले बाँकी कैद सजाय छुट पाएर मुक्त भएका छन । कैदमुक्त हुनेमा एक महिला र चार पुरुष छन् ।

Advertisement

हात्तिखर्कका श्यामबहादुर लिम्बु, फलाटेका दशरथ कटुवाल, मारेककटहरेका बल भनिने बालकुमार श्रेष्ठ, लेगुवाका फडिन्द्र तामाङ्ग र मुढेवासकी आशमाया लिम्बु कैदमुक्त भएका हुन् ।

लिम्वु किर्ते मुद्धाको कसुर, कटुवाल सवारी ज्यान कसुर, श्रेष्ठ ज्यान मार्ने उद्योगको कसुर, तामाङ्ग कर्तब्य ज्यानको कसुर र आशमाया लिम्बु कर्तब्य ज्यान मुद्धाको कसुरमा जेल जिवन बिताईरहेका थिए ।

४० प्रतिशत कैद सजाय भुक्तान गरेका, कारागारमा बस्दा राम्रो आचरण भएका लगायत कारण नेपाल सरकारको निर्णय बमोजिम उनीहरुलाई वाँकी कैदसजाय मिनाह गरिएको जिल्ला कारागार धनकुटाका निमित्त जेलर जानुका न्यौपानेले जानकारी दिईन् ।

उनीहरु कैदमुक्त भएपछि अव जिल्ला कारागारमा ५७ जना कैदीबन्दी छन् । जसमा ४ महिला र ५३ पुरुष छन् । कारागारमा रहेका अधिकांस कैदी जबरजस्ती करणी मुद्धाका रहेको जिल्ला कारागार धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!