- संगालोखबर सम्वाददाता

धनकुटा, १७ जेठ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लिम्वुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद् धनकुटाले सडक निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गरेको छ ।

Advertisement

मध्यपहाडी लोकमार्गको हिले-लेगुवा खण्डमा सडक निर्माणका क्रममा लापरबाही गरेको भन्दै कञ्चनजंङ्गा कन्ट्रक्सन प्रा.लि.लाई कारवाहीको माग गरिएको हो ।

कन्ट्रक्सनले निमार्ण गरिरहेको माथिल्लो प्याकेज पाख्रीबास–३ मा पर्खालहरु भत्किन र चिरा पर्न थालेका छन् ।

चिरामा सिमेन्ट पोतेर कमसल काम गरेको भन्दै सो कम्पनीलाई कारबाहीको माग गरिएको हो ।

जिल्ला जनपरिषद्का प्रमुख निषेध थापाले बिज्ञप्ति जारी गर्दै निर्माणमा लापरबाही गर्ने कम्पनीलाई १५ दिनभित्र कारबाही गर्न माग गरेका छन् । १५ दिन भित्र कारबाही नगरेमा जनसत्ताले आफै कारबाही गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!