ईश्वर थापा/संगालोखबर

धनकुटा, १५ जेठ । धनकुटामा मंगलबार करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । धनकुटा उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय धनकुटाको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रममा रहरले कर तिर्ने व्यवस्था कसरी बनाउने, आय कर, मुल्यअभिवृद्धि कर, अन्तशुल्क लगायत स्थानीय तहमै स्रोत संकलन गर्ने आधार लगायतका विषयमा छलफल भएको धनकुटा नगरपालिकाका कर अधिकृत राजु गुरागाँईले बताए ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले कर तिर्न कञ्जुस्याँई नगर्न सबैलाई अनुरोध गरे ।

मार्का पर्ने गरि कर नबढाईएको दाबी गर्दै प्रमुख तामाङले नीति र थीति बसाल्नुपर्ने बताए ।

कार्यक्रममा करको विषय, दायरा र कर सम्बन्धि समसामयिक अवस्थाको बारेमा करदाता सेवा कार्यालयका कर अधिकृत नरेन्द्र कुमार कार्की र नगरपालिकाका कर अधिकृत गुरागाँईले सहजीकरण गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!