संखुवासभा, १७ जेठ । संखुवासभा पाँचखपन नगरपालिका–८ चुङखुरुङमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ।

Advertisement

दैनिक १५ देखि २० जना विद्यार्थी मुर्छा पर्ने, बेहोस हुने, आत्तिने, कराउने गरेको र कतिपय विद्यार्थी आउन छाडेको प्रधानाध्यपक थिरबहादुर राईले बताए ।

चार महिनादेखि यस्तो समस्या आएपछि नजिकैको स्वास्थ्य चौकीबाट चिकित्सक ल्याएर चेकजाँच गराउँदा समेत कुनै रोग पत्ता नलागेपछि आभिभावकहरूले छोराछोरीलाई विद्यालय पठाउन समेत डराउनपर्ने अवस्था आएको स्थानीय रत्नमणि बोगटीले बताए।

उनका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीमा यो समस्या हुने गरेको छ। समस्या समाधान नभएपछि गत सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले डाक्टरबाट पनि कुनै पनि रोग पत्ता नलागेको भन्दै धामी, झाँक्री लगाएर उपाचार गर्ने निर्णय गरेको प्रधानाध्यापक राईले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!