ईश्वर थापा/संगालोखबर

धनकुटा, १७ जेठ । धनकुटा नगरपालिका–३ मा बिहिबार लागुऔषध दुर्ब्यसनी र घरेलु हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ ।

Advertisement

वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा लागुपदार्थ दुर्ब्यसनीको वारेमा जानकारी गराउँदै त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव, पारिवारिक संकट र सामाजिक असरका वारेमा बताईएको थियो ।

त्यस्तै घरेलु हिंसा, हिंसाको उजुरी, कसुरमा हदम्याद, दण्ड सजाय लगायतको विषयमा पनि छलफल गरियो । कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासाको विषयमा जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले सहजीकरण गरेका थिए ।

कार्यक्रममा एसपी गुरुङले लागु पदार्थको सेवनले कसैलाई पनि फाईदा नपुग्ने भएकाले यसको नकारात्मक असरबाट बच्न दुर्ब्यसनीबाट टाढै रहन आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, महासंघ प्रदेश १ का उपाध्यक्ष स्मिता निरौला, धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरे, स्थानीय दुर्गा बराल मिश्र लगायतले लागुपदार्थको कुलतमा विद्यार्थी बढि मात्रामा फस्ने भएकाले अभिभावक सचेत हुनुपर्ने आवश्यकता औलाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!