तेह्रथुमको छथर गाउँपालिकामा अब ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’
तेह्रथुम, १८ साउन । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् ।
उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएक...





























